×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ट्रम्पलाई माझी औँला देखाउने महिलाको जागिर चैट !

भर्जिनिया – गल्फ खेलेर ह्वाइट हाउसतर्फ फर्किँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई माझी औँला देखाउने महिलालाई जागिरबाट निकालिएको छ । ट्रम्पलाई औँला देखाउँदै गरेको उनको तस्वीर गत साता भाइरल भएको थियो ।
भर्जिनियामा अक्टोबर २८ मा ट्रम्पलाई औँला देखाउने ती साइकलयात्री जुली ब्रिस्कम्यान भएको खुलासा भएको छ ।
ट्रम्पको मोटरकेडमा रहेका एक फोटोग्राफरले उनको फोटो खिचेका थिए, जुन लगत्तै भाइरल बनेको थियो। त्यही फोटोलाई उनले आफ्नो ट्विटर र फेसबुकको प्रोफाइल पिक्चरका रुपमा प्रयोग गरेकी थिइन् ।
त्यसपछि भर्जिनियास्थित अकिमा नामक कम्पनीमा विगत ६ महिनादेखि कार्यरत ब्रिस्क्म्यानलाई हाकिमहरुले बोलाएका थिए। ‘उनीहरुले भने, ‘तपाईंसँग हामी छुट्टिँदैछौँ’ उनले हफिंगटन पोस्टलाई भनेकी छन् ।
उनको अश्लील हर्कतले सरकारी ठेकेदारी गर्ने कम्पनीलाई नोक्सान हुने भन्दै आफूलाई बर्खास्त गरिएको उनले बताएकी छन् ।
यद्यपि यसबाट आफूलाई कुनै दुःखेसो नभएको पनि उनले स्पष्ट पारेकी छन् । उनले आफू विरोधको तस्वीर बन्न पाएको खुसी रहेको पनि बताएकी छन् ।
कतिपयले उनको विरोधको स्वरलाई दबाउन खोजिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । यद्यपि भर्जिनियामा रोजगारदाताको इच्छाअनुसार कर्मचारीलाई जुनसुकै बेला बर्खास्त गर्न सक्ने कानुनी व्यवस्था छ ।
जे होस्, दुई सन्तानकी आमा ५० वर्षीया ब्रिस्कम्यान अहिले जागिरको खोजीमा छिन् । – एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: