×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिलिभर नेपालको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, सबै सूचकमा नकारामक प्रभाव ! (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

युनिलिभर नेपालको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, सबै सूचकमा नकारामक प्रभाव ! (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले १३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको यो नाफा गत वर्षको भन्दा ४४.६३% ले थोरै हो । गत वर्ष कम्पनीले २३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा अन्य स्रोतहरुबाट हुने आम्दानी पनि ३ करोड ९७ लाख रुपैयाँबाट घटेर १ करोड ७३ लाख रुपैयाँमा खुम्चिएको छ भने कम्पनीको समग्र उत्पादन तथा बिक्री पनि १ अर्ब ५६ करोड ९९ लाख रुपैयाँबाट घटेर १ अर्ब १७ करोडमा सिमित भएको छ । जसकारण खुद नाफा प्रभावित भएको छ ।
यता कम्पनीको प्रतिसेयर आम्दानीमा पनि ठूलो गिरावट आएको छ । गत वर्ष ९७२ रुपैयाँ (वार्षिक) रहेको थियो भने यस वर्ष घटेर १३७ रुपैयाँ (वार्षिक) मा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ पनि २ हजार ३१६ रुपैयाँ छ । गत वर्ष प्रतिसेयर नेटवर्थ २ हजार २८१ रुपैयाँ थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: