युनिलिभरको खुद नाफा ३० करोड १७ लाख
Powered by Blogger.
युनिलिभरको खुद नाफा ३० करोड १७ लाख

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - चालु आर्थिक वर्षको पहिलो त्रैमासमा युनिलिभर नेपाल लिमिटेडले ७७.२६ प्रतिशतले खुद नाफा वृद्धि गरेर  ३० करोड १७ लाख पुगेको छ । युनिलिभरले गत वर्षको यसै अवधिमा १७ करोड २ लाख रुपैयाँमात्र नाफा कमाएको थियो । युनिलिभरले १ अर्ब २५ करोड २२ लाख रुपैयाँको उत्पादन बिक्री गरेको छ । कम्पनीले व्यापार सञ्चालनबाट १ अर्ब ४३ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको हो ।

युनिलिभरले विज्ञापनमा पनि १२ करोड ५६ लाख रुपैयाँ खर्च गरेको देखाएको छ । गत वर्षको यही अवधिमा ८ करोड ३३ लाख रुपैयाँ मात्र विज्ञापन खर्च भएको थियो । युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख छ भने रिजर्भमा १ अर्ब ९ करोड २८ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ३२८ रुपैयाँ छ । गत वर्षको यस अवधिमा प्रतिसेयर आम्दानी १८५ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ अघिल्लो वर्षको तुलनामा घटेर १२ सय १० रुपैयाँ पुगेको छ । गत वर्ष १२ सय ८९ रुपैयाँ थियो । युनिलिभरले हालैमा सेयरधनीलाई १२ सय ७० प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रकाशित मिति : Tuesday, November 14, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...