वेष्टर्नले गर्यो चमत्कार, खुद नाफा १९७% ले वृद्धि
Powered by Blogger.
वेष्टर्नले गर्यो चमत्कार, खुद नाफा १९७% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश बैंक तथा वित्तीय संस्थाले निराशाजनक रिपोर्ट प्रस्तुत गरिरहँदा वेष्टर्न डेभलपमेन्ट बैंकले भने आकर्षक नाफा कमाएको वित्तीय विवरण बाहिर ल्याएको छ । वेष्टर्नले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८८ लाख ६ हजार रुपैयाँ कमाएको हो । यो नाफा गत वर्षको तुलनामा १९७.७०% ले धेरै हो । 

गत वर्ष बैंकले २९ लाख ५८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । त्यस्तै, वेष्टर्नले खुद ब्याज आम्दानी पनि १६१.२४% ले बढोत्तरी गरेर ३ करोड ५३ लाख ५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष १ करोड ३५ लाख १४ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप २ अर्ब १९ करोडबाट २ अर्ब ८० करोड ८४ लाख ४९ हजार रुपैयाँ पुर्याएको वेष्टर्नले २ अर्ब ३० करोड ५८ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 

चुक्ता पुँजी ४२ करोड ९३ लाख १२ हजार रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा भने ६ करोड ५० लाख ५० हजार रुपैयाँ रहेको छ । गत वर्ष वेष्टर्नको चुक्ता पुँजी १५ करोड ६९ लाख ६० हजार रुपैयाँ मात्र थियो । बैंकले सम्भावित जोखिमका लागि १ करोड ३२ लाख ३२ हजार रुपैयाँ छुट्याएको छ । वेष्टर्नको खराब कर्जा भने ०.३०% बाट बढेर ०.६८% भएको छ । वेस्टर्नले नमस्ते वित्तीय संस्थालाई मर्ज गरेर एकीकृत कारोबार पनि सुरु गरिसकेको छ ।

प्रकाशित मिति : Thursday, November 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...