×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हेर्दै जानुहोला, अनिल शाहलाई भित्र्याउनु सेञ्चुरीको ‘महाभूल’ थियो भन्ने कुरा छिट्टै पुष्टी हुनेछ…!

  • सुरज प्याकुरेल / सम्पादकीय 
काठमाडौँ- अनिल शाहले मेगा बैंक छाडेका छन् । नछाडुन् पनि किन, उनीसँग मेगा छाड्नुको विकल्प थिएन । पछिल्लो समय कुन बैंकमा कुन सीइओले छोडे र कुन बैंकमा सीइओको कुर्सी खाली छ भन्दै आफैं जागिर खोज्दै हिंडेका अनिल शाहले सेञ्चुरीका संचालकलाई पनि ‘म खाली छु है’ भनेर जानकारी दिएको कुरा सेञ्चुरीकै संचालकहरु खुलेआम भन्दै हिंडेको यथार्थ सबैतिर छर्लंग छ । मेगाबाट लगानीकर्ता आजित भएको बेलामा सेञ्चुरीले जुन कदम चालेको छ, त्यो गलत थियो भन्ने प्रमाणित हुन धेरै बेर कुर्ने पर्दैन । केहि समयपछी बैंकले दिने ‘पर्फर्मेन्स’ले त्यो जरुर भन्नेछ, देखाउनेछ । 
लगानीकर्ताले बुझेका छन्, अनिल शाह बैंकर कम र सेलिब्रेटी बढी हुन् । एक दशक मेगा चलाएर लगानीकर्ताको हातमा ४ रुपैयाँ थमाईदिने अनिल शाहसँग कतिको दम छ भन्ने कुरा पनि लगानीकर्ताले राम्रोसँग बुझेका छन् । धेरैले आश गरेको मेगा आज किन यस्तो स्थितिमा पुग्यो ? के मेगाले लगानीकर्ताको हातमा ४ रुपैयाँमात्र थप्ने हैसियत राख्नु पर्थ्यो ? यसको दोषी को हो ? सबैले बुझेका छन् । सेञ्चुरीले यहि बेला गलत कदमी चालेको छ । बजारमा सबैभन्दा विवादित र सबैभन्दा कमजोर ‘पर्फर्मेन्स’ भएका व्यक्तिलाई लाखौँ रुपैयाँको मात्र होइन आफ्नो इमानको बाजी राखेर सीइओको रुपमा भित्र्याएको छ ।
अनिल शाह पर्फर्मेन्समा कमजोर छन् भन्ने कुरा त देखिएकै हो । संचालक समितिमा फाँटो ल्याउने कुरा देखि बैंकभित्र कति कुरामा कसरी, कहाँ र कुन हदसम्म उनी विवादित छन् वा थिए भन्ने कुरा सबैमाझ छर्लंग छ । अनि दुइ चार जनाले चिन्छन् भनेकै भरमा सेञ्चुरीले मेगा भित्रको समस्या नबुझी अनिल शाहलाई सीइओ बनाउनु गलत हो भन्ने कुरा बिस्तारै पक्कै पुष्टि हुन्छ ।
किन अनिल शाहलाई भित्र्याइयो सेञ्चुरीमा ? के उनको पर्फर्मेन्स मेगामा राम्रो थियो ? के उनालाई संचालक समितिले राम्रो मानेका छन् ? के उनी बैंकिङ बुझ्नेहरुले राम्रो मान्छन् ? के उनलाई लगानीकर्ताले राम्रो मान्छन् ? सबैको उत्तर ‘सिम्प्ली नो’ हुन्छ । अनि के दुइ चार जना बाहिरका मान्छेले चिन्छन् र उनी सेलिब्रेटी हुन् भनेकै कारणले सेञ्चुरीले उनलाई सीइओको रुपमा ल्याउनु राम्रो हो ? लगानीकर्ताको आँखामा त सेलिब्रेटी नै ल्याउनु थियो भने त बरु राजेश हमाललाई नै सीइओ बनाएर ल्याएको भए भइहाल्थ्यो नि ! खाली नै छन् क्यार !
नत्र भने सेञ्चुरीले आफ्ना लगानीकर्ताको भावना सँग किन खेलिरहेको छ ? कसैले पनि राम्रो नभनेको व्यक्तिलाई किन जवरजस्त राम्रो देखाउन खोजीरहेको छ ? आखिर किन ? 
सत्य यहि हो र एकदिन पुष्टी हुनेछ, ‘सेञ्चुरीले एक ऐतिहासिक गल्ती गर्यो । जसको मूल्य लगानीकर्ताले चुकाउनुपर्नेछ ।’ अनिल शाहले सेञ्चुरीलाई गर्न सक्ने एउटा राम्रो कामको तर्क कोहिसँग छ ? उनीसँग के नयाँ प्लान छ ? नयाँ भिजन छ ? छ केहि ? छैन । सब मेगावाट छर्लंग भइसक्यो । अनि किन विवादित व्यक्तिलाई सीइओ बनाएर ल्यायो सेञ्चुरीले ? यसको उत्तर बैंकले कसरी देला, त्यो भने हेर्न बाँकी नै छ ।   
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: