×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकिङमा ‘बदनाम’ अनिल शाह : आम मानिसको नमीठो ‘भ्रम’ र भ्रमभित्रको ‘तीतो यथार्थ’

  • सुरज प्याकुरेल / समाचार टिप्पणी 
अनिल केशरी शाह । वा सबैले छोटो नाममै बुझ्ने अनिल शाह । तत्कालीन रुपमा मेगा बैंकका सीइओ । प्लस टुमा व्यवस्थापन पढ्नुअघि थुप्रै विद्यार्थीले पाल्ने एउटा सपना । अनील शाह जस्तै हुने आकांक्षा । किशोर मनोविज्ञानमा जवरजस्त घुसाईएको एउटा नमीठो आश । १२ लाख बढी तलव खाने एउटा बैंकर भनेर पैसाको मानसिकतामा अनिल शाहको भ्रमको खेती गरिरहेको समाज । र अनिल शाहलाई ‘टप’ बैंकर भनेर चिन्ने ‘अबुझ’हरुको भीड । पछिल्लो झन्डै एक दशक अनिल शाह नामको एउटा फगत ‘नाम’ले यो समाजका थुप्रै बेरोजगारहरुको सम्पनालाई हल्लाईदियो। र समाजमा एउटा तुक बिनाको जड राख्ने प्रयास गर्यो । समय यस्तो भयो कि, समाजमा अनिल शाह एउटा बैंकर नभएर कुनै जादुगरजस्ता, वा एकाएक कुनै कुरालाई कायापलट गराईदिने व्यक्ति जस्तो मानियो, मनाइयो, जवरजस्त मान्न लगाइयो ।

अनिल शाहको प्रवेश, उनी बेश, बाँकी हरेश !
‘मेगा बैंक भन्ने बैंक आएको छ । सीइओ अनील शाह । १२ लाख बढी त तलव खान्छन् रे !’ आफ्नो सबै सम्पत्ति बेच्दा पनि १२ लाख नआउने बिकट बस्तीका बाआमादेखि शहरमा सेयरमै संसार देख्ने साने काकाहरुसमेत एक पटक आशाका ठुलो डोको बोकेर अनावश्यक उक्सीरहे र अरुलाई पनि उक्साईरहे । नबिल बैंकमा राम्रो छवि बनाएका अनिल शाहको त्यो प्रवेशसँगै बजारमा हल्ला चल्यो, ‘नबिललाई नबिल बनाउने नर मेगामा मनकारी तलव लिएर मेनेजमेन्टमा सीइओ भएर आएको छ । अव जे गर्छ मेगाले गर्छ । हलो देखि हाइड्रोसम्म मेगाले लगानी गर्छ । समृद्धिका गुच्छाहरु मेगासँगै फुल्छन् र मेगा साच्चै नामजस्तै ‘मेगा हुन्छ ।’
अनिल शाहप्रति सबैको आश थियो । डान्सबारमा तरुनीका तन देखेर लट्ठ भएको जड्याहा जस्तै जति माग्यो उत्ति तलव दिन तयार भयो मेगा अनिल शाहका लागि । मन्त्रीले पाउनेसरी सुविधा मनैदेखि मताउने गरी दिन तयार भयो बैंक त्यहि अनिल शाहका लागि । राम्रो ‘रिटर्न’ दिने आशामा आफु रित्तो भएर पनि सेतो हात्ती पाल्न तयार भयो मेगा बैंक । र बाँडियो आशा । र गरियो पब्लिसिटी स्टन्ट, मानौं देशमा एउटा बैंक होइन, सलमान खानको फिल्म लागिरहेको छ । र मनाइयो यसरी जनतालाई मानौं मेगाजस्तो बैंक न आएको थियो न आउनेछ ।
पाँच तारे बैंकमा छिरे तर गेष्ट हाउस बैंक बनाएर निस्किए !
तर सबैतिरको आश केवल नमीठो सपना मात्र बन्यो । अहँ केहि गर्न सकेनन् अनिल शाहले । सकुन् पनि कसरी ? उनी बैंकरभन्दा बढी सेलिब्रेटी हुन खोजे । व्यापार बढाउन भन्दा ‘मेगा नमस्ते’ भजाउन व्यस्त बने । कहिले संचालकको चम्चा बन्ने त कहिले त्यहि संचालकको गालामा तातो चम्चा बनेर डाम्न खोज्ने हर्कत सुरु गरे । न नाफा दिन सके, न बैंकलाई केहि गर्न सके । झन्डै एक दशकको यात्रामा बैंक हलोदेखि हाइड्रोसम्मको लगानीको होइन, हलो जोत्ने कुमार काका देखि सेयरमा खेल्ने सुकुमार डाकासम्मको आँखाको तगारो बन्यो । मेगाले केहि दिन सकेन । दियो त बस् अनिल शाहलाई तलव र मेगाले के के न गर्छ भनेर गफ दिनेहरुको गालामा झाप्पड । न गतिलो बिजनेश, न चुस्त व्यवस्थापन । पाँच तारे बैंकमा छिरेका अनिल शाहले आखिर मेगालाई गेष्ट हाउस बैंक बनाएर छोडे । अनेकौं घोटाला प्रकरणदेखि बैंकमा अनेकखाले काण्ड त्यहि समय भयो, जुन बेला उनी बैंकको कमाण्ड सम्हालीरहेका थिए । 
जनताको नजरमा मात्र होइन उनी संचालकको नजरमा पनि गिरे । र त कहिले यो सेतो हाती भाग्ला भनेर पर्खीरहेका मेगाका सन्चालकहरुलाई अहिले हाइसन्चो भएको छ । आफ्नो बैंकको प्रोग्रामिङ बिगारिदिने भाइरस हटेकोमा संचालकहरु खुसी छन् । र त आजकल याक एण्ड यतिदेखि दरबारमार्गका होटलहरुमा मेगाका संचालक आनन्दको चुस्की लिइरहेका छन् । आफ्नो बलात्कृत सपनाको दाहासंस्कार गरेर अब बैंकलाई उँचो बनाउने प्लान बनाइरहेका छन् । अनिल शाहले दिएको परिणामको दुर्गती कसैले पनि भोग्नु नपरोस् भनेर पुकारीरहेका छन् । र अनिल शाहलाई अझै पनि त्यहि पुरानो ‘अनिल शाह’ सम्झेर आफ्नो बैंकमा भित्र्याउने सेन्चुरीको सेन्स देखेर नसाको सुरमा ननसेन्स सेन्चुरी भनी सुरको मज्जा लिइरहेका छन् । 
अबुझहरुको भ्रम र यथार्थ यस्तो !
धेरैलाई लाग्छ, ‘अनिल शाह सबै भन्दा बढी कमाउने सीइओ हुन् । उनको तलव १७-१८ लाख थियो मेगामा ।’ तर सत्यचाहिं उनको सुरुवाती तलव मेगा बैंक लिमिटेडमा १२ लाख २५ हजार थियो । तर १२ महिना २५ हप्ता नलाग्दै मेगाले बुझीहाल्यो, अरुका १२ -२७ कुरा सुनेर गलत ठाउँमा पैसा बगाइएछ । र त्यसपछि उनको तलव कहिले पनि बढेन । १२ हजारमा मेगा बैंक छिरेको कर्मचारीले ३५ हजार तलव खाने भइसक्दा पनि अनिल शाहको तलव एक रुपैयाँ पनि बढेन । भर्खर जन्मेको हरिमाया काकीको छोरो ९ बर्ष लाग्यो, हलक्कै बढ्यो तर अनिल शाहको तलव बढेन । बढ्नुपर्ने कारण पनि थिएन ।  
धेरैको भ्रम थियो अनिल शाहले नबिललाई बनाएका थिए । तर नमीठो यथार्थचाहिं के थियो भने नबिल बैंकले चाहिं अनिल शाहलाई बनाएको थियो । धेरैलाई लाग्छ उनीजस्तो इज्जत भएका सीइओ नेपालमै कोहि छैनन् । उनी सेलिब्रेटी बैंकर हुन् । तर यथार्थचाहिं उनी सेलिब्रेटीचाहिं पक्कै हुन्, बैंकरचाहिं कस्ता हुन् मेगाका संचालकहरुलाई सोधे हुन्छ । वा मेगा बैंकमा लगानी गरेका सेयर होल्डरहरुलाई सोधे हुन्छ । धेरैलाई लाग्छ, ‘चट्ट अंग्रेजी बोल्छन्, क्या पर्सनालीटी छ, कस्तो मोटिभेसनल स्पीच दिन्छन् ।’ यथार्थचाहि के हो भने जोसँग जे छ, त्यहि दिने हो । तीनीसँग त्यहि थिए र त्यहि दिए । बैंकिङमा त उनी लगभग केहि पनि नजानेको व्यक्ति भनेर प्रमाणित भइसकेका छन् ।
जसो जसो पुरेत बा ! उसै उसै स्वाहा भने जस्तै जसो जसो आफु निकटका सन्चालक वा कर्मचारीले भन्यो त्यसै त्यसै गरेर बिग्रेका हुन् अनिल शाह । बाहिर सुनिएजस्तो वा बुझ्नेले पनि नबुझेजसरी बुझिदिएको बुझाइजस्तो उनको भिजन भएको भए मेगा बैंक केहि फरक भइसक्थ्यो होला ।

अब टाँट पल्टिने पालो बैंकिङ सेन्स नभएको सेन्चुरी बैंकको !
निश्चित छ अनिल शाह सेन्चुरी छिरेको ३ वर्षमा सेन्चुरीको हालतपनि गेष्ट गाउसकै जस्तो हुनेछ । जसले ८ बर्ष जे सिक्यो त्यहि नै डेलिभर गर्ने हो । सेन्चुरीमा पनि अब थुप्रै काण्डहरु घट्ने निश्चित छ । सेन्चुरीमा पनि अब घोटाला नै घोटाला हुने पक्का छ । अब सेन्चुरी बैंकपनि यो सेन्चुरी (शताब्दी) मै नेपालमा हुँदै नभएको बदनाम बैंक बन्नेछ । त्यस्तै आम नगारिकको भ्रमजस्तै अनिल शाहलाई जिम्मा जो लगाइएको छ बैंक । अरु धेरै नभनी हालौं यतिबेला । सेंचुरीका सेयर होल्डरहरुले लेखकको यो टिप्पणीलाई प्रिन्ट गरेर कतै सुरक्षित राख्नुहोला । ३ बर्षपछी त्यहि पेपरमा आँशु झारेर फोन गर्नुभएछ भने सँगै एक कप कफी खाउँला । पैसा म नै तिरौंला ।

(यसलाई व्यक्तिवादी नभई सिष्टमवादी टिप्पणीको रुपमा लिइदिनु भए आभारी हुने थिएँ ।-लेखक) 

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: