×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अव कसरी गर्ने सुरक्षाको अनुभूति ! कञ्चनपुरमा पुर्व आइजिपीकै घरमा बम भेटियो, स्थानीय त्राहीमाम् !

कञ्चनपुर- सरकारले ढुक्कसँग निर्वाचनमा भाग लिने वातावरण बनाएको दावी गरिरहेका बेला कञ्चनपुरमा पुर्व आइजिपी सहबिर थापाको घरअगाडी बम भेटिएको छ । बम भेटिएपछी स्थानीय त्राहिमाम बनेका छन् । गड्डाचौकी राजमार्गमा पर्ने सुकासल भन्ने ठाउँमा बम भेटिएपछि स्थानीयहरु अहिले त्राहिमाम बनेका हुन् । संकास्पद बस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । 
पत्रकार हरि जोशीले दिएको जानकारी अनुसार घटनास्थलमा प्रहरी पुगीसकेको छ । उनका अनुसार राजमार्गमा नै बम भेटिएपछि आवतजावत ठप्प भएको छ ।  बम भेटिएकाे स्थान थापाको घरभन्दा ठिक २०० मिटरकाे दुरीमा पर्छ । घटनाबारे थप विवरण आउन बाँकी छ भने प्रहरीले घटनाबारे अनुसन्धान  गरिरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: