×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डिभी भर्नुभो ? खेर गयो नि ! ट्रम्पको मन्तव्यपछी सबै डिभी चिठ्ठा रद्द हुँदै !

काठमाडौ- अमेरिकी राष्ट्रपति डिभी चिट्ठा कार्यक्रम बन्द गर्ने अन्तिम तयारीमा रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अन्तराष्ट्रिय संचारमाध्यम सीएनएनका अनुसार उनले केही दिन भित्रै सिनेटमा सो कार्यक्रम बन्द गर्ने बारे प्रस्ताव लैजाने तयारी गरेका छन् भने यो प्रस्ताव पारित हुने लगभग पक्कापक्की भइसकेको छ । 
‘डिभी चिट्ठा सुन्दा असाध्यै राम्रो छ । तर यही चिट्ठा हाम्रा लागि काल बनीरहेको छ । अब हामी यसलाई अगाडि बढाउन सक्दैनौ । हाम्रा नागरिकको सुरक्षाका लागि पनि यसलाई बन्द गर्नुको विकल्प छैन ।’अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केहि दिन अगाडी भनेका थिए ।
उक्त प्रस्ताव पारित हुने लगभग पक्कापक्की भइसकेको खण्डमा अहिले भरिएका डिभी चिट्ठाहरु पनि बेकारका हुने भएका छन् । किनकि यसपाली डिभी परे नै पनि अमेरिकी कानुन अनुसार कानुन पारित भएको मितिदेखि लागु हुने ‘रेट्रोसपेक्टीभ ल’ का कारण अहिले भरिएका डीभीमा डिभी परे पनि उनीहरुको अमरिकी यात्रा बन्द हुनेछ । यो कानुन पारित भएपछि डिभी चिट्ठानै बन्द गर्ने कि चिट्ठा खुलाएर पछिल्लो प्रक्रिया बन्द गर्ने भन्ने विषयमा भने अझै बहस जारी छ । तर जसरी पनि यसपाली भरिएका डिभी भने काम नलाग्ने भएको सीएनएनले जनाएको छ । डीभी चिठ्ठामार्फत् अमेरिकाले बिभिन्न देशका ५० हजार नागरिकलाई स्थायी आवास अनुमति दिने गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: