×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘चन्द्र ढकालसँग ‘अनुनय विनय’ गरेर पाएको जागिरदेखि ग्लोबल आइएमइ बैंकको सीइओसम्मको कथा’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ग्लोबल आइएमइ बैंकको सीइओमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । संचालक समितिले उनलाई आगामी ४ बर्षका लागि सीइओ पदमा नियुक्त गरेको हो ।  बैंकका सीइओ अनिल ज्ञवालीले बैंकसँगको मनमुटावका कारण बैंक छोडेपछि पौड्याल बैंकको कामु सीइओ भएका थिए । यो बीचमा बैंकमा अनिल शाहलाई ल्याउने कुरा पनि भएको थियो । तर पछिल्लो समय विवादित छवि बनाएका अनिल केशरी शाह सेन्चुरी बैंक गएपछि ग्लोबल आइएमइ बैंक कामु सीइओकै भरमा चलेको थियो । यता बैंकले अन्य केहि सीइओहरुसंग पनि कुरा नगरेको होइन । तर उपयुक्त सीइओ नपाएपछी बैंकले आफ्नै ‘प्रोडक्ट’लाई बैंकको प्रमुख बनाएको हो ।      
चन्द्र ढकालसँगको अनुनय विनयले पाएको जागिर र सीइओको यात्रा !
नबिल बैंकबाट करियर सुरु गरेका उनी सन् १९८७ मा बैंकिङ क्षेत्र प्रवेश गरेका हुन्  । नबिलमा ११ बर्ष काम गरेपछि तत्कालीन एनआइसी बैंक हानिएका उनी त्यहाँ ५ बर्ष काम गरेपछि लक्ष्मी बैक गए । तर लक्ष्मी बैंकमा उनी टिक्न सकेनन् । बैंक संचालक समितिले उनलाई बैंकबाट निकाल्ने प्रयास गर्यो । संचालक समितिको यो प्रयास थाहा पाएपछि उनले विदेश पढ्न जाने तयारी गरे । तत्काल उनीसंग कुनै बैंकमा सोहि पोजिसनमा जाने हैसियत पनि थिएन ।  लण्डनमा अध्ययन गर्न गएका उनले त्यहींको बैंकमा सानोतिनो काम गरे । त्यहाँपनि विस्तारै आफ्नो काम अगाडी बढाउँदै गर्दा उनले चन्द्र ढकाललाइ भेटेका हुन् । त्यहि बेला ढकालसँग संगै काम गर्नका लागि ‘अनुनय विनय’ गरेपछि ढकालले उनलाई नेपालमा जागिर दिने बाचा गरेका थिए । त्यसपछी ढकालकै बाचाका भरमा नेपाल फर्किएका उनी तत्कालीन ग्लोबल बैंकका जागिरे भए ।   
ग्लोबल आएमइ बैंकको यात्रा
लन्डनबाट काठमाण्डौं फर्केर ग्लोबल बैंकको ब्यवस्थापनमा करारमा भित्रिएका पौड्याल, त्यसपछि निरन्तर अगाडी बढे । पौड्याल ग्लोबलको सहायक महाप्रबन्धक हुँदै बुधबारबाट प्रमुख कार्यकारी अधिकृत बनेका छन् । चन्द्र ढकालका सधैं प्रिय पात्र बन्न सफल उनलाई यो स्थानसम्म ल्याईपुर्याउने पनि ढकालनै हुन् । बैंकले आफुलाई कामु सीइओ बनाएर अरुनै सीइओ खोजीरहेको थाहा पाएपछि उनले पुन: चन्द्र ढकाललाई यस विषयमा कुराकानी गरेका थिए । आफुलाई सीइओ बनाउन अनुरोध गरेका पौड्यालको कुरामा चन्द्र ढकाल पनि ‘कन्भिन्स’ भएपछी अन्तत उनी ग्लोबल आइएमइ बैंकको सीइओ भएका हुन् ।   
विवाद र तारिफको निरन्तर यात्रामा सीइओ बर्दी !
यसो त यो बीचमा जनक शर्मा पौड्याल कम्ती विवादित व्यक्ति होइनन् । लक्ष्मी बैंकमा हुँदा नै उनी चरम विवादमा परेका थिए । भने अनुसार काम नगरेको भन्दै बैंकले उनलाई निकाल्न खोजेपछि उनी लन्डन भासिएका थिए । पछी ग्लोबल बैंकमा आउँदा पनि उनी आइपीओ निष्कासनकै कुरामा समेत विवादित भएका थिए । पछी अन्य थुप्रै प्रकरणमा पनि मुछिएका पौड्यालले आफ्नो छवि विस्तारै सुधार्दै लागेका थिए । यसो त अनिल ज्ञवालीलाई बैंकबाट निकाल्नसमेत महत्वपूर्ण भूमिका खेलेको आरोप उनलाई नलागेको होइन । तर जे जस्तो भएपनि अन्तत : उनी ग्लोबल आइएमइ बैंकको सीइओ पदमा नियुक्त भएका छन् । 
उनलाई सफल कार्यकालको हाम्रो पनि शुभकामना !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: