×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE: यसकारण व्यापारी बेच्नै मान्दैनन् ‘हिमस्टार एलइडी बल्ब’, ग्राहकलाई पनि यस्तो हैरानी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एक चर्चित संचारकर्मीले खेलेको हिमस्टार बल्बको विज्ञापन कम्ति ‘दमदार’ छैन । यसो त बजारमा हिमस्टारको चर्चा पनि कम छैन । केहि विशेषता, कम्पनीले दिने वारेन्टी लगायतका कुराहरुले यसको चर्चा चुलिएको छ । हिमस्टारको ८ वाटको एलईडी बल्बको मूल्य १५० रुपैयाँदेखि १५ सय रुपैयाँसम्म छ । हिमस्टारका सबै बल्बमा ३ वर्षको वारेन्टी प्रदान गरिएको छ । यस कारण पनि यो बल्बको चर्चा बढेको छ । तर काठमाडौँका विभिन्न स्थानका व्यापारीहरुले आजकल यो बल्ब प्रयोग नगर्न सल्लाह दिन थालेका छन् । व्यापारीलाई पनि घाटा हुने र उपभोक्ताले पनि कम्पनीले भनेजस्तो गुणस्तर नपाउने भन्दै काठमाडौँका अधिकांस व्यापारीले हिमस्टार बल्ब प्रयोग नगर्न सल्लाह दिन थालेका छन् । विशेष गरी १५० रुपैयाँमा ८ वटा पाइने बल्ब त व्यापारीहरुले बेच्नै छाडेका छन् ।
यस विषयमा थाहा पाएपछि कुरा के रहेछ भनेर हामीले कोटेश्वरका विभिन्न बिजुली पसलहरुमा हिमस्टार बल्बबारे बुझ्न गयौं । तर कोटेश्वरका अधिकांस पसलहरुमा यो बल्ब भेटिएन । अझ व्यापारीहरुले त उल्टो हामीलाई यो बल्ब प्रयोग नगर्न सल्लाह दिए । आफुहरुलाई पनि घाटा हुने भन्दै यो बल्ब बेच्नै छोडिएको व्यापारीहरुको गुनासो छ । ‘किन नबेचेको हिमस्टार बल्ब ?’ भन्ने हाम्रो प्रश्नमा कोटेश्वरका एक व्यापारी भन्छन्, ‘१५० रुपैयाँमा ८ वटा बल्ब आउँछ । ३ बर्षको वारेन्टी छ । कतिपय बल्ब त ३ दिनमै बिग्रियो भनेर पनि आएका छन् । कम्पनीले लैजान्छ भनेर फिर्ता लिएको पनि हो । तर धेरै बल्बमा समस्या आयो । धेरै बल्ब फिर्ता भए । पसलमा राख्ने ठाउँ नै थिएन । केहि फुटे । कम्पनीले फुटेको त लिंदैनौं भन्यो । त्यसपछि सोचियो, १५० रुपैयाँका लागि यस्तो बिग्रिरहने बल्ब बेचेर के गर्ने ? यहाँ त समान बेच्नु भन्दा फिर्ता बढी आएर तनाव भो । पूरै घाटा भयो । कम्पनीले दिने कमिसन, आफुले पाउने नाफा केहि नरहने भयो । त्यसपछि यो बल्ब आफु पनि नबेच्ने र अरुलाई पनि नकिन्ने सल्लाह दिन थालियो ।’

‘बल्क’ व्यापारमा झन् समस्या !
त्यसपछि हामी न्यूरोड पुग्यौं । कोटेश्वरमा मात्रै यस्तो हो कि भन्ने सोचेर हामी न्यूरोड पुगेका थियौं । तर व्यापारीका समस्या सबैतिर उही रहेछ । बत्तिको अधिकांस व्यापार हुने न्यूरोडमा पनि कतिले हामीलाई हिमस्टारवा वारेन्टी छ भनेर तान्न पनि खोजे । तर धेरैले यो बल्ब नकिन्ने सल्लाह दिए । ‘३ बर्षको वारेन्टी छ भनेर के गर्ने, ३ महिनामै बिग्रिन्छ । १५० रुपैयाँका लागि तपाईं फेरि १०० रुपैयाँको तेल हालेर आउनुहुन्न । म पनि ग्राहक आउंदैनन् भनेर नै बेच्ने हो । बिग्रिएजति हिमस्टार बल्ब फिर्ता लिने हो भने त एक जना मान्छे नै त्यसकै लागि राख्नु पर्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनी थप झोकिंदै भने, ‘मैले त यो बल्ब बेच्नै छाडीसकें । केहि बच्दैन ।’ ‘यो भन्दा त बरु सादा सामान्य बल्ब धेरै राम्रा छन् । चाइनाबाट आउने सस्ता बल्ब धेरै राम्रो ।’ उनले थपे, ‘बिग्रियो भने पनि चाइनिज हो भनेर ग्राहकले खासै वास्ता गर्दैनन् । हिमस्टार बल्ब पसल सम्म फिर्ता ल्याउने पैसाले त अर्को चाइनिज बल्ब आउँछ । १५० रुपैयाँका लागि ३ बर्ष तनाव ! किन्नेलाई पनि तनाव, बेच्नेलाई पनि तनाव ! किन किन्ने, किन बेच्ने त्यस्ता बल्ब ? जति धेरै बेच्यो, त्यति धेरै तनाव !’ 
अन्य कम्पनीको ‘पोलिसी’ले पनि हिमस्टार बेच्न मान्दैनन् व्यापारी !
यसो त धेरै फिर्ता आउने कारण र १५० रुपैयाँका लागि ३ बर्ष कुर्नुपर्ने वाध्यता मात्र होइन, अन्य कम्पनीका विभिन्न नीतिहरुका कारण पनि व्यापारीले हिमस्टार बेच्न छाडेका रहेछन् । अन्य कम्पनीले हिमस्टार भन्दा बढी कमिसन दिने रहेछन् । कहिलेकाहीं सामान फिर्ता भयो र फुटेकोनै रहेछ भने पनि फिर्ता लिने गरेका रहेछन्, अन्य कम्पनीले । अन्य धेरै कम्पनीले ‘बल्क’ व्यापारमा थप छुट पनि दिने रहेछन् । ग्राहकको सन्तुष्टी पनि हुने र आफुलाई पैसापनि बढी आउने भएपछी व्यापारीले हिमस्टारको विकल्प खोजेका रहेछन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै न्यूरोडका एक व्यापारीले भने, ‘हिमस्टार बल्ब किन्नु त काम नपाएर झिंगा धपाएर बस्नु जस्तै हो । ग्राहकले १५० रुपैयाँमा ८ वटा बल्ब त पाउँछन्। तर कम्पनीले दिएको वारेन्टी अनुसार बल्ब बनाइरहने हो वा फेरिरहने हो भने ग्राहकको गाडी भाडा वा तेल खर्चनै त्यसको दोब्बर भन्दा बढी आउँछ ।’
कम्पनीको दावी र व्यापारीहरुको फरक भोगाई 
हिमस्टारको पावर फ्याक्टर ०.९ रहेको दावी कम्पनीको छ । बजारमा पाइने अन्य साधारण एलईडीको पावर फ्याक्टरको तुलनामा यो दुइ गुणा बढी रहेको कम्पनीको दावी छ । हिमस्टार एलईडी बल्बको १ सय भोल्टसम्मको विजुलीमा पनि उत्कृष्ट प्रकाश दिने कम्पनीको अर्को दावी छ । तर व्यापारीहरुले भने फरक भोगाई भोगेका छन् । लो भोल्टेजमा बाल्ने भनेर लागेकाहरुले त अधिकांसले यो बल्ब फिर्ता गरेका छन् । सबैतिर बाट गुनासो आएको छ । ‘यो बल्ब सार्है राम्रो रहेछ भन्ने त कोहि पनि छैनन् भन्दा पनि हुन्छ । तिहारमा यो बल्ब धेरै विक्री भयो । अहिले फिर्ता आएर तनाव छ । वारेन्टी भनेर के गर्नु ! १५० रुपैयाँका लागि ३ बर्ष सेवा गर्न कहाँ सकिन्छ र ? ग्राहकहरुले पनि १५० रुपैयाँका लागि कति दौडने ? कति खर्च गर्ने ?’ उनले भने ।
र सामान्य जानकारी यो बल्बका मूल्यका बारेमा 
हिमस्टार एलईडी बल्ब अहिले ३, ५, ८, ११, १४, १८, २०, ३०, ४०, ५० वाटमा उपलब्ध छ । यसको मूल्य १५० देखि १५ सय रुपैयाँसम्म छ । कम्पनीका अनुसार डाउन लाइट ६, १२ र १८ वाटमा उपलब्ध छ । यसको मूल्य ४१० रुपैयाँदेखि ८१० रुपैयाँसम्म छ । प्यानल लाइटको मूल्य भने ३ हजार ९ सय ९९ तोकिएको रुपैयाँ छ । यता १८ वाटको एलईडी ट्युबलाइटको मूल्य २६० रुपैयाँ पर्छ ।  मूल्यका बारेमा हामीलाई जानकारी दिंदै न्यूरोडकै अर्का एक व्यापारीले भने ‘कम्पनीले त भन्नलाई नयाँ एलईडी बल्ब १०० लुमन्स/वाटको विशेषतासहित आएको छ भनेको छ । यसमा उच्च पावरको कार्यक्षमता छ पनि भनेको छ । यसमा न्यून मात्रामा विद्युतको खपत र उच्च लुमन्स रहेको छ भनेर प्रचार गरिएको छ । साधारण बल्बले ८० प्रतिशत बजुलीलाई ताप र २० प्रतिशतलाई मात्र प्रकाशमा बदल्नेमा हिमस्टार एलईडीले ८० प्रतिशत बिजुलीलाई प्रकाशमा परिवर्तन गर्ने भएकाले कम वाट क्षमताकै बल्बले पनि पर्याप्त उज्यालो दिने दावी पनि गरेको छ । तर प्रयोग गर्ने ग्राहकलाई सोध्नुहोस्, यो कतिसम्म झुट हो भनेर । हामी त हैरान नै भइसक्यौं !’ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: