×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंकका कर्मचारी बोकेर इलाम हिंडेको माइक्रोबस दुर्घटना, यिनीहरु भए घाइते !

काठमडौंबाट इलामतर्फ जादै गरेको माइक्रोबस गएराति दुर्घटना हुँदा ११ जना घाइते भएको खबर छ  । नेपाल बैंकका कर्मचारीको भ्रमण टोली लिएर इलाम जादै गरेको बा ४ ख ६३५७ नम्बरको माइक्रोबस इलाम नगरपालिका– १० गोदकमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा काठमाडौं महानगरपालिका– ७ का ५२ वर्षीय किशोर खनाल, तनहुँ भिमाद्– १ का ३८ वर्षीय नवराज लम्साल, काभ्रे बनेपा– ९ का ३९ वर्षी विष्णुमान जैला, कागेश्वरी मनोहरा– १० काठमाडौंका ३५ वर्षीय जुहारिका घोरासैनी, हेटौँडा उपमहानगरपालिका– ५ का ५१ वर्षीय विनोद कुमार पुडासैनी र स्याङ्जाका ३५ वर्षीय कमल पराजुली रहेका छन्।
यसैगरी काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ बस्ने ४१ वर्षीय अशोककुमार कार्की, कपन बस्ने ५३ वर्षीय मेहरमान गुरुङ, सिन्धुपाल्चोक बलेफी– ७ का ५१ वर्षीय फलकप्रसाद पराजुली, काभ्रेपलान्चोक पनौति नपा–११ बस्ने वर्ष ४५ का विनोद गिरी, काठमाडौं महानगरपालिका– १५ बस्ने वर्ष ३३ का प्रभाष सिंह, ललितपुर–२३ का ५१ वर्षीय रिदीकुमार जोशी, काठमाडौं बुढानीलकण्ठ नगरपालिका– १ बस्ने वर्ष ४१ का वासुदेब भण्डारी र काठमाडौंकै तारकेश्वर नगरपालिका –१० बस्ने ४८ वर्षीय ऋषिराम खत्री छन्।
अधिकांश घाइतेको टाउकोमा चोट लागेको र घाइतेहरुको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिए।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: