×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंक विरुद्ध अदालतमा रिट, अदालतले सोमबार १० बजे संचालकलाई बोलायो, विशेष साधारणसभा अन्यौलमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- टुरिजम डेभलोपमेन्ट बैंकसँग मर्जरमा जान सोमबार अर्थात मङ्सिर ४ गते बोलाइएको मेगाको विशेष साधारणसभा अझै अन्यौलमा परेको छ । मेगाका ३ सेयरधनीले अदालतमा तत्काल मेगाको विशेष साधारणसभा रोक्न माग गर्दै अदालतमा रिट हालेका थिए । सोहि उपर बहस गर्न सोमबार विहान १० :३० बजे अदालतले मेगाका संचालकलाई बोलाएको छ । यसका कारण मेगाको विशेष साधारण सभा अन्यौलमा परेको हो। 
रिटमा मेगाका संचालक अयोग्य भएको देखि संचालक समिति नै अवैध भएको सम्म आरोप लगाइएको छ । यस विषयमा भोलि विहान १०:३० बजे अदालतमा बहस हुने देखिएको छ । मर्जरको विपक्षमा हुने लगानीकर्ताहरु भोलिको विशेष साधारणसभामा नजाने तयारीमा छन् । ठूलो हिस्सा ओगटेका मर्जरको विपक्षमा रहेका लगानीकर्ताहरु विशेष साधारण सभा नपुगेको खण्डमा ५१ प्रतिशत प्रोक्सी पुग्ने छैन । ५१ प्रतिशत प्रोक्सी नपुगेको खण्डमा विशेष साधारण सभा सुरु नै हुने छैन । मेगाभित्रको एउटा ठुलो गुट मर्जर नगराउने पक्षमा रहेको देखिन्छ । 
यस्तै विविध कारणले भोलिको विशेष साधारण सभा नहुने निश्चित प्राय भएको जानकारहरु बताउँछन् । यद्यपी मेगाको विशेष साधारणसभा भएको खण्डमा भने मेगा र टुरिजम मर्जमा जानेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: