×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंकको विशेष साधारणसभामा ‘लफडा’ को तयारी, कुटाकुट गर्नेसम्मको ‘प्लान’, सञ्चालकलाई ‘सुरक्षा थ्रेट’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- टुरिजम डेभलोपमेन्ट बैंकसँगको मर्जर प्रक्रिया अगाडी बढ्ने भएपछि यो प्रक्रियाबाटै असन्तुष्टि जनाएका केहि सञ्चालक र सेयर धनीहरुको समूह आउँदो सोमबार अर्थात मङ्सिर ४ गते हुन लागेको मेगा बैंकको विशेष साधारणसभामा ‘लफडा’ मै उत्रने भएका छन् । बैंक व्यवस्थापनले ‘अति’ गरेको भन्दै बिहिबार काठमाडौँको नयाँ बानेश्वरमा बसेको सेयर धनीहरुको एक समूहको बैठकले आवश्यक परे विशेष साधारणसभामा नै भौतिक आक्रमणमा समेत उत्रने तयारी गरेका छन् । बैठकपछी अर्थ सरोकारसँग कुराकानी गर्दै एक सेयर होल्डरले उक्त दिन ‘जे पनि’ हुन सक्ने चेतावनी दिएपछी यस्तो रहस्य खुलेको हो । उनीहरुले संचालकसम्मलाई जे पनि हुनसक्ने चेतावनी दिएका छन् । यद्यपी यस्तै लफडा हुन्छ भनेर बैंकले आर्मी अफिसर्स क्लबमा विशेष साधारणसभा राखेको छ ।   
‘मेगा बैंकमा कतिसम्मको लफडा छ, धेरैलाई थाहा भएकै कुरा हो । टुरिजमसँग मर्जर प्रक्रियामा गएर मेगाका सेयर धनीहरुलाई कमजोर बनाउन लागिएको छ । यो मर्जर हामी सकेसम्म रोक्छौं । साधारणसभामा हो-हल्ला गर्नुपरे, उक्त प्रस्तावको विपक्षमा बोल्नु परे, सबै काम गर्ने हो । जवर्जस्ती भयो भने कसैलाई छाडिने छैन । कतिपय साधारणसभामा केहि प्रस्तावहरु जवर्जस्ती पनि पारित गरिने गरेको छ । हामी त्यस्तो हुन दिंदैनौं ।’ उनले भने । टुरिजमलाई मर्ज गर्ने प्रक्रिया विरुद्ध बोल्न आउन अन्य लगानीकर्ताहरुलाई समेत अनुरोध गर्दै उनले भने, ‘म अरु लगानीकर्ताहरुलाई पनि यो मर्जर रोक्न विशेष साधारणसभामा आउन अनुरोध गर्छु ।’
सञ्चालक प्रोक्सी बटुल्दै :
यो मर्जरका विरुद्धमा लाग्न मेगाका दुइ सञ्चालक प्रोक्सी संकलनमा समेत लागेका छन् । एक संचालक खुलेरै यो अभियानमा लागेका छन् भने अर्का एक संचालक नदेखिने पाराले यो अभियानमा लागेका छन् । सके कानुनी रुपमै, नसके साधारणसभामै लफडा गरेरै भएपनि मेगाका अधिकांस सेयरधनीहरु यो प्रक्रिया रोक्न तल्लीन छन् । यसको तयारी स्वरूप बिहिबार बानेश्वरको एक क्याफेमा सेयरधनीहरुको बैठक चलेको थियो । सेयरधनीबाट नै यस्तो कदम आउनु नयाँ विषय होइन । तर संचालकहरु नै मर्जरका विरुद्धमा उभिनुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । यहि मर्जरको विषय आउंदै गर्दा बैंकका संचालक सीएन पाण्डे लगायतको योग्यता नपुगेको विषय पनि उठेको छ । यो विषयलाई पनि सेयरधनीहरुले ‘नारा’ नै बनाएर मेगामा नारावाजी गर्ने तयारी गरिरहेका छन् ।
मर्जर हुनेमै शंका, अनिल शाह मर्जरका विपक्षी लगानीकर्ता फकाउँदै ! 
मेगा बैंकका तत्कालीन सीइओ अनिल केशरी शाहले पनि यो मर्जरमा राम्रै जोडबल गरेको तथ्य कसैबाट पनि लुकेको छैन । अझ अनिल शाहले टुरिजमका सीइओ जसरी यो मर्जर प्रक्रिया अगाडी बढाएको तथ्य पनि लुकेको छैन । तर अनिल शाहको सीइओको म्याद नथपी सेन्चुरी जानुपर्ने वाध्यता आएपछि अनिल शाहले पनि यो मर्जरको विपक्षमा रहेकाहरुलाई साथ दिएको बुझिएको छ । उनले बैंक छाड्ने बेलामा हुन लागेको साधारण सभामा आफ्नो चर्को विरोध हुने बुझेर लगानीकर्ता फकाउनमा लागेको शाह निकट स्रोतको भनाइ छ । यो बीचमा अनिल शाहले केहि भीआइपी सेयर होल्डरहरुलाई सम्पर्क गरी आफ्नो विरुद्धमा नलाग्न फकाएको आफुलाई फोन आएको बताउने एक सेयर होल्डरको भनाइ छ । 
कानुनी रुपमै मर्जर रोकिने सम्भावना पनि उस्तै 
यसो त विशेष साधारणसभामा पनि मर्जरको प्रस्ताव पारित गर्ने निश्चित प्रर्किया छ । यो प्रक्रियाबाटै पनि मर्जर नहुने सम्भावना पनि बढेको छ । मर्जरको विपक्षी संचालक तथा सेयर धनीहरु यसको तयारी पनि गरिरहेको बुझिएको छ । यो प्रक्रियाबाट टुरिजम र मेगा मर्ज भएनन् भने नेपाली बैंकिङ इतिहासमै यो एउटा ‘केस स्टडी’ बनेर रहनेछ । यो मर्जर भयो भने पनि मेगा थप विवादमा फस्ने निश्चित छ । यस अघि अनिल शाहका कारण पटक पटक विवादमा मुछिएको बैंक टुरिजमसँग मर्जरकै कारण विवादित हुने कुरामा शंका छैन । यता टुरिजमका कर्मचारी र मेगाका कर्मचारीहरुलाई कसलाई कहाँ ‘एडजष्ट’ गर्ने विषयले पनि विवादको चर्को रुप लिनेछ । यसका लागि मेगाको कर्मचारी संगठनले समेत आवश्यक आन्तरिक तयारी गरिसकेको छ । मर्जर भएको खण्डमा टुरिजमका कर्मचारीहरु पनि पीडीत बन्नेमा शंका छैन ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: