×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी ७ तथ्य पढेपछी तपाईंले पनि सायद पत्याउनु हुन्न प्रकाशको निधन हृदयघातबाट भयो भनेर…!

  • समाचार टिप्पणी 
काठमाडौँ – प्रकाश दाहालको निधनको खबर सँगै अहिले थुप्रै शंका उपशंकाहरु जन्मिएका छन् । के उनको मृत्यु हृदयघात बाट नै भएको हो त ? भन्ने प्रश्न पनि उठेको छ । विना पोष्ट मार्टम उनको शरीर जलाइनुले पनि उनको मृत्यु झन् रहस्यमय भएको बताउनेहरु पनि छन् । हृदयघातबाट मृत्यु भएको बताइएको भएपनि उनको टाउकोमा चोट कसरी लाग्यो भन्ने प्रश्न पनि उठेको छ । पछिल्लो समयमा अनेक खालका टिका टिप्पणी भइरहेका बेला यी ७ तथ्य पढेपछि सायदैले पत्याउँछ कि उनको निधन हृदयघातबाट भएको भनेर ।
१. हृदयघात भएको भन्ने कुरा बाहिर आयो । तर उनको टाउकोमा कसरी चोट पर्यो भन्ने केहि खुलेको छैन । अस्पतालले समेत हृदयघातका कारण उनको मृत्यु भएको भन्ने स्पष्ट कारण दिन सकेन ।
२. राती ११ बजे प्रचण्डलाई प्रकाशले मोबाइलमा मेसेज लेखेको कुरा आएको छ । पछी विहान ४ बजे नै सीता दाहाल उनको कोठामा पुगेको भन्ने कुरा बाहिर आएको छ । यो जाडोको मौसममा कोहि आमा आफ्नो छोराको कोठामा किन विहान ५ बजे नै जान्छ ? यो अर्को शंकाभित्रको कुरा हो ।
३. मृत्युको केहि दिन अघि उनले फेसबुकमा स्याम्स्वेत प्रोफाइल पिक्चर राखेका थिए । कभर तस्विरमा पनि आफ्नो छोरासँगै दियो बलेको फोटो राखेका थिए । सधैं जसो बाबुको चुनावी कार्यक्रममा जाने उनी किन गएनन् ? उनी केहि दिनदेखि मानसिक रुपमा ‘दिष्टर्ब’ थिए भन्ने कुरा उनका व्यवहारबाट झल्किएको छ ।
४. विहान ६ बजे प्रकाश दाहाललाई अस्पताल पुर्याइएको भनिएको छ । अस्पताल पुर्याउनुपूर्व नै उनी बितिसकेका थिए भनेर अस्पतालले समेत भनेको छ । तर विहानको ६ नबज्दै प्रचण्डले झापामा केपी ओलीलाई म आउँदिन होला तपाईं सम्हाल्नु भनेर फर्किएका छन् । यसको अर्थ प्रचण्डलाई मोबाइलमा आएको मेसेजमै मृत्यु सम्बन्धि केहि कुरा लेखिएको थियो भन्ने स्पष्ट हुन्छ ।
५. अाशंकाकैबीच केहीले उनलार्इ नयाँ बानेश्वरतिरकाे एक हाेटेलबाट सिधै अस्पताल पुर्याइएकाे बताएका थिए । भने केहीले उनलार्इ लाजिम्पाटस्थित अाफ्नै निवासबाट बिहान ४ बजे नै नर्भिक अस्पताल पुर्याइएकाे बताए । यसबारे अझै केही जानकारी प्रष्ट भइसकेकाे छैन । विना आधार यस्तो गम्भीर कुरामा यसरी हल्ला कसरी चल्छ भन्ने अर्को प्रश्न हो । 
६. केहीले उनलार्इ कुटपिट गर्दा मृत्यु भएकाे समेत बताएका छन् । कहिले उनले अात्महत्या गरेको बताएका छन् । उनको हृदयघातका कारण निधन भएको कुरा नर्भिकले समेत स्पष्ट भनेको छैन । यो कुरामा पोष्ट मार्टम नगरिनुले पनि थप आशंका उब्जाएको छ ।
७. बिहान ४ बजेतिर नै अामा सिता प्रकाशकाे काेठामा गएर हेर्दा प्रकाश केही हलचल नगरेकाे बुझिएकाे छ । त्यसपछि अामा सिताले प्रचण्डका सुरक्षा हेर्ने जिम्मा पाएका जनमुक्ति सेनाका पूर्व डिभिजन कमाण्डर सन्तु दरार्इलार्इ फाेन गरेर बाेलाएकी थिइन । सन्तुले नै प्रकाशलार्इ गाडीमा राखेर नर्भिकमा ल्याएकाे बुझिएकाे छ । ४ बजेदेखि अस्पताल पुगेको समय ६ बजेसम्मको बीचमा के भयो ? त्यत्रो समय किन लाग्यो ? यो अर्को रहस्यमय कुरा हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: