अशुभको अचम्मको संयोग : १३ दिन अघि आफ्नो तस्विर ब्ल्याक एण्ड व्ह्वाइट बनाएका थिए प्रकाशले !

प्रकाश दाहालको मृत्युसँगै अचम्मको संयोग परेको छ । आफ्नो मृत्युको १३ दिन अघि उनले आफ्नो फेसबुकमा ब्ल्याक एण्ड व्ह्वाइट फोटो राखेका थिए । त्यसको ठिक १३ दिनपछी उनको मृत्यु भएको छ ।कृष्णबहादुर महरासहितको सामुहिक रंगीन तस्वीर हटाएर प्रकाशले अघिल्लो साता नै आफ्नो प्रोफाइल तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका थिए । नेपाली संस्कारअनुसार, मृत्यु भइसकेकाे मानिसकाे तस्वीर श्यामश्वेत बनाउने चलन छ ।
यता दाहालले आफ्नो फेसबुकको कभर फोटोमा आफ्नो छोरासँगको बलिरहेको दीयो राखेका छन् । र, उनले दशैं, तिहार र छठमा स्वदेश र विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई दिएको शुभकामना नै जीवनको अन्तिम शुभकामना बन्न पुगेको छ ।
प्रकाशित : Sunday, November 19, 2017

recent

Popular Posts