×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रकाश दाहालको मृत्युले फरक रुप लिने संकेत, टाउकोमा चोट देखियो ! हृदयघातका कारण मृत्यु वा हत्या ?

काठमाडौँ- प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । हृदयघाटका  कारण भनिएपनि उनको टाउकोमा चोट देखिएपछि अनेक आशंका जन्मिएको छ । ‘उनको टाउकोमा चोट कसरी आयो ? कुरा के थियो ?’ भन्ने अनेकौं शंका उपशंकाहरु जन्मिएका छन् । उनको टाउकोमा चोट भएका कारण घटनाले अर्कै रुप लिने संकेत देखिएको छ । अस्पतालमा उपस्थितहरुले पनि उनी मुटुका रोगी भएको थाहा नभएको र टाउकोमा चोट देखिएका कारणले पनि कतै उनको हत्या त भएन भन्ने शंका गरेका छन् ।


अस्पताल ल्याउनु पूर्व नै उनको मृत्यु भइसकेको चिकित्सकहरुको भनाइले यो मृत्युलाई अझै रहस्यको गर्भभित्र राखेको छ । 

नर्भिक अस्पतालमा भर्ना भएका दाहालको निधन हृदयघातका कारण भएको भन्ने खबर बाहिर आएको थियो । अस्पतालले केहि छिनमा यसको आधिकारिक विज्ञप्ति निकाल्ने बुझिएको छ ।  केहि बेर पछी अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालको आधिकारिक धारणा पछि यसको रहस्य खुलेछ ।प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् भने नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: