×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आजको राशिफल
वि.स. २०७४ साल कात्तिक १५ गते। बुधबार। इश्वी सन् २०१७ नोभेम्बर १ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– द्वादशी, १४:५४ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– उत्तरभाद्रपदा, २९:३५ बजेउप्रान्त रेवती। योग– व्याघात, १५:२७ बजेउप्रान्त हर्षण। करण– वालव, १४:५४ बजेदेखि कौलव, २६:३५ बजेउप्रान्त तैतिल। आनन्दादिमा लुम्ब योग। 
चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:१५ बजे, सूर्यास्त– १७:१८ बजे र दिनमान २७ घडी ३७ पला। पञ्चक। प्रदोष व्रत। मन्वादि। चाँगुनारायणमा अखण्ड दीप दर्शन। रुरु रिडी क्षेत्रमा हृषीकेश रथयात्रा।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको सहि सदुपयोग गरि बिदेशि लगानिहरु ल्याई रोजगारका अवसरहरु बढाउँन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको बिदेश यात्रा हुँने सम्भावनालाई नकार्न सकिदैन । पढाई लेखाईमा मन जाने छैन भने अरु भन्दा कमजोर साबित होईनेछ । व्यावसायबाट भनेजस्तो आम्दानि नहुँने हुँदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्तबिचनै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुँन सक्छ सचेत रहनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुँने हुँनाले लगानि बढाउँन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुँन सक्छ । बुवा वा बुवासरहका मानिस सँग मनमुटाव सिर्जना हुँनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । 
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुँनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा अबिश्वास बढ्नेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुँनेछ । व्यापार व्यावसाय आम्दानि थोरै हुँनेछ भने आज लगानि नगर्नुनै राम्रो हुँनेछ । शुभचिन्तकको पनि साथ नहुँने हुँदा एक्लो पनको महशुष हुँनेछ । पहिलेका सम्झौता भङग हुँनेछ भने साझेदारहरु बिच भनाभन हुँने प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा अल्छि गर्नाले नतिजा भनेजस्तो आउँने छैन । बिलाशि सामान प्राप्तिको योग भएपनि तपाई आफ्नै कारणले टरेर जानेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) मुद्दा मामिला तथा न्यायिक निकायबाट हुँने निर्णयहरु पछिको लागि सार्नुनै उपयूक्त हुँनेछ किनकि आज आउँने फैसला तपाईको पक्षमा हुँने छैन । व्यापार व्यावसायमा समय दिएपनि आम्दानि कम हुँनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुँनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । ऋण लाग्ने तथा सापटि मागेर दैनिकि गुजार गर्नुपर्ने अवस्था आउँन सक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाईमा ध्यान जानेछ भने शिक्षा सँग सम्बन्धित व्यापार व्यावसायमा लगानि गरि प्रसस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुँने समय रहेकोछ । शेयर बजारमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरि समाजमा नाम कमाउँन सकिनेछ । बौद्धिकताको प्रयोग गरि बिशिष्ट व्याक्तिहरुलाई बसमा पार्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ भने जनताको काम गर्न सक्दा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानमा उपलब्धिमुलक नतिजा नआएपनि आगामि दिनहरुमा काम गर्न सहज हुँनेछ । आमा तथा आमा सरहका मानिस सँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाथ लिन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुँनेछ । छोटो यात्रा हुँने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले आज मुद्दा मामिलामा सामेल नहुँनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुँन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउँनु पर्नेछ ।
कुम्भ(गू ,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ भने बोलिको प्रभाब बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुँनेछ । पढाई लेखाईमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुँनेछ भने मनग्गे धन सम्पति हात लाग्ने योग रहेकोछ । माया प्रेममा बिश्वासको बाताबरण बढ्नेछ । 
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।
तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
(चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला)
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: