×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘गणतन्त्रका नाममा जवरजस्त मास्न खोजिएको धर्म रक्षाका लागि उम्मेद्वार बनेको छु’

काठमाडौँ- चर्चित ज्योतिष डा. सुनील सिटौला पनि आशन्न प्रतिनिधि सभाको निर्वाचनमा समानुमातिकतर्फ  उम्मेदवार बनेका छन् ।  उनले आफु धर्म रक्षाका लागि काम गर्न जान लागेको बताएका छन् । अर्थ सरोकार टेलिभिजन कार्यक्रमसँग बोल्दै उनले गणतन्त्रका नाममा जवरजस्त मास्न खोजिएको धर्मको रक्षाका लागि आफुले उम्मेद्वारी दिएको बताएका छन् ।

उनले नेपालमा धर्म र सनातन हिन्दुत्वको समेत गलत व्याख्या भएको बताएका छन् । धर्म भनेकै बाहुन ले गर्ने हो र बाहुन भन्ने बितिक्कै टुप्पी पाल्नु पर्ने, चन्दन घस्नु पर्ने भ्रममा आम नागरिकहरु रहेकोमा आफु त्यो भ्रम चिर्न र समग्र नेपालीहरुको सनातन धर्मको रक्षाका लागि उम्मेद्वार भएर जनताका माझमा जान लागेको बताएका छन् ।

अन्य नेताले जस्तो आफुले चुनाव खर्च नगरेको बताउँदै उनले गोलाकारभित्रको छाता चुनाव चिन्हमा आफुलाई मतदान दिन समेत आग्रह गरेका छन् । हेरौं उनीसंग गरिएको कुराकानी भिडियोमा :     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: