×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अवैध रुपमा खानी उत्खनन् गरेको भन्दै शिवम् सिमेन्ट विरुद्ध मुद्धा दायर, प्रबन्ध निर्देशक पक्राउ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कम तौल भएको कमसल सिमेन्ट बेचेर जनतालाई ठगेको प्रमाण भेटिंदा पनि पैसा र पावरका भरमा कारवाहीबाट जोगिंदै आएको शिवम् सिमेन्ट अन्तत फन्दामा परेको छ । शिवम् सिमेन्ट उद्योगका प्रवन्ध निर्देशक रद्यु नन्दन मारु अवैध रुपमा खानी उत्खनन् गरेको भन्दै पक्राउ परेपछि यस्तो छनक देखिएको हो । जिल्ला वन कार्यालयले मारुलाई ११ दिनदेखि नियन्त्रणमा लिएको भएपनि पक्राउको खबर कम्पनीले गुपचुप राख्न खोजेको छ । सुरौरास्थित खानीमा तोकिएको भन्दा बढी स्थानमा उत्खनन गरेपछि उनी पक्राउ परेका हुन् । केन्द्रीय कार्यालयको आदेशमा उनले यस्तो अपराध गरेको भएपनि पक्राउ परेपछि उनलाई केन्द्रीय कार्यालयले नै सहयोग नगरेको उनी निकट स्रोतले अर्थ सरोकार डटकमलाई बताएको छ ।
वन कार्यालयको नियत माथि पनि शंका !
यता पक्राउ परेका मारु बारे खबर गोप्य राख्न खोजेपछि वन कार्यालयकै नियतमाथि पनि शंका उब्जिएको छ । वन कार्यालयले ३७ लाख ६० हजार विगो दाबीसहित जिल्ला अदालत मकवानपुरमा मुददा चलाएको अवस्थामा यस्तो खबर गोप्य राख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस्तो प्रकरणलाई गोप्य राखेपछि मारुलाई पक्राउ गरी लेनदेनको प्रयास भएको आशंका पनि गरिएको छ । यसो त जनतालाई ठगी गर्ने हर्कत शिवम् सिमेन्ट उद्योगको हकमा यो पहिलो घटना होइन । यसअघि प्रहरीले शिवमका कर्मचारीलाई विद्युत चुहावटका बारेमा पक्राउ गरेको थियो । कम तौल भएको सिमेन्ट बेचेको भन्दै समेत शिवम् सिमेन्टका कर्मचारीलाई पक्राउ गरिएको थियो।
यो छुटाउनु भयो कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: