×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विद्यालयबाटै ३५ जना शिक्षक गिरफ्तार, अनिश्चितकालिन शैक्षिक हड्‍तालको चेतावनी

पोखरा –  प्रहरीले विद्यालयमा पढाउँदै गरेका ३५ शिक्षकहरुलाई गिरफ्तार गरेको छ ।
चुनावी विरोधी गतिविधिमा लागेको आरोप लगाउँदै विभिन्न मितिमा देशभरबाट हालसम्म ३५ जना शिक्षकहरुलाई पढाईरहेको अवस्थामा विद्यालयबाटै प्रहरीले गिरफ्तार गरेको अखिल नेपाल शिक्षक संगठनले जनाएको छ ।
संगठनका उपाध्यक्ष रेमश रुपाखेतीले विज्ञप्ति जारी गरेर सरकारले नै शान्ति क्षेत्र घोषणा गरेको विद्यालय पढाइरहेका शिक्षकहरुलाई गिरफ्तार गरिएको बताएका छन् ।
उपाध्यक्ष रुपाखेतीले सरकार, अभिभावक संघ, प्याब्सन,एन प्याब्सन, शिक्षा पत्रकार, मानव अधिकारवादी संघ संस्थाहरुलाई धरपकड तथा गिरफ्तारप्रति ध्यानाकर्षण गराएका छन् ।
संगठनका आस्था राखेकै कारण गरिफ्तार गरिएका शिक्षकहरुलाई तत्काल रिहाई गर्न माग गर्दै उपाध्यक्ष रुपाखेतीले धरपकड तथा गिरफ्तारी नरोकिए अनिश्चिकालिन शैक्षिक हड्तालसहित आन्दोलनको घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: