×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रौतहटमा सशस्त्र प्रहरी र भारतीय एसएसबीले किन गर्दैछ संयुक्त गस्ती ?

रौतहट – दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा रौतहटमा नेपाली र भारतीय सुरक्षाकर्मीहरु एकसाथ देखिएका छन् ।
सशस्त्र प्रहरी भारतसँग सीमा जोडिएको रौतहटमा २६ किलो मिटर लामो खुल्ला सीमानामा भारतीय सीमा सुरक्षा बल एसएसबीसँग संयुक्त गस्ती सुरु गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलका अनुसार निर्वाचनका समयमा खुल्ला सिमानाका कारण अपराधिक क्रियाकलापहरु बढ्न सक्ने भन्दै संयुक्त रुपमा गस्ती बढाइएको हो ।
नेपाल भारत सुरक्षा अधिकारीहरुबीच भएको छलफलका आधारमा निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्र कडाइ गरिएको उनले बताए । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त रुपमा गस्ती गरिरहेका छन् ।
निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा समिति र जिल्ला सुरक्षा समितिको निर्देशन अनुसार सीमा नाकाहरुमा गस्ती बढाइएको उपरीक्षक पोखरेलले बताए ।
नेपाल–भारत सुरक्षा अधिकारीहरुबीच भएको वार्ता अनुसार भारतीय पक्षले पनि निर्वाचनका बेला सीमानाबाट आपराधिक गतिविधि हुन नदिन सहयोग गर्ने बताएका छन् ।
रौतहटको २६ किलोमिटरको भूभाग भारतको बिहारसँग जोडिएको छ । सो क्षेत्रबाट आपराधिक समूह तथा साना हतियारहरु नेपाल भित्रिन सक्ने सम्भावना बढी रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: