×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

काठमाडौँबाट निर्वाचन विरोधी ५ सय ५० जना पक्राउ

काठमाडौँ – प्रहरीले काठमाडौँबाट चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा ५ सय ५० जनाभन्दा बढीलाई पक्राउ गरेको छ । ति पक्राउ परेकोहरुलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा मुद्दा चलाएको छ ।
उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये ५ सय ५० जनालाई मुद्दा चलाइएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए ।
उनका अनुसार मंसिरमा मात्रै शंकास्पद गतिविधि गर्ने १७ सय ५४ जना पक्राउ परेका थिए । पक्राउ परेका मध्ये ५ सय ५० जना बाहेक अन्यलाई सोधपुछ र अनुसन्धान पछि छोडिएको प्रवक्ता जोशीले बताए ।
चुनावी गतिविधि सुरु भएसँगै ठाउँ ठाउँमा बम विस्फोट हुन थालेपछि प्रहरीले विभिन्न शंकास्पद गतिविधि गर्नेलाई निगरानी गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: