×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार ग्राहक सेवा (अन्य सञ्चारमाध्यमका लागि)

अर्थ सरोकार डटकम नेपालको खोजमूलक समाचार पोर्टल हो । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । हामी समाचार पस्कन्छौँ र नागरिकले त्यसमा आफ्नो धारणा बनाउँछन् । छोटो समयमा हामी पाठकको मन / मस्तिस्कमा बस्न सफल भएका छौं ।

नेपालबाट संचालनमा आउने र विदेशमा रहेका नेपालीहरुले संचालन गरेका नेपाली समाचार पोर्टल / ब्लगहरुको संख्या दिनानुदिन बढ्दैछ । हामी हाम्रो अनुमतिविना हाम्रा समाचार कन्टेन्टहरु कसैलाई पनि साभार गर्न दिंदैनौं । तर पनि लुकिछिपी वा अटेर गर्दै हाम्रा समाचार कन्टेन्टहरु चोरी गर्ने अनलाइनहरु धेरै छन् । कतिलाई हामीले कानुनी दायरामा ल्याएका छौं । कतिलाई ल्याउने क्रममा छौं ।
कुरा नघुमाई भन्दा फेसबुकले प्रदान गर्ने इन्स्ट्यान्ट आर्टिकल सेवा, एमजीआइडी, गुगल एड, लगायतका माध्यमबाट पैसा कमाउन हाम्रो समाचार कपी गर्ने ट्रेन्ड बढेको छ । समाचार तयार पार्दासम्म हाम्रो थुप्रै खर्च हुन्छ । अझ खोजमूलक समाचार बनाउन ठुलो खर्च लाग्छ । समाचार स्रोत, तीनको सुरक्षा, समाचार स्रोतसम्म पुग्दा वा समाचार संकलन गर्दा थुप्रै खर्च लाग्छ । हामीले यहि खर्च व्यवस्थापन पनि हुने र समाचार साभार नै गर्न नदिने भन्दापनि यसलाई व्यवस्थित गर्नु भन्ने धेरैको आग्रहपछी हामीले अर्थ सरोकार ग्राहक सेवाको थालनी गरेका छौं । जसका बारेमा यहाँ प्रस्तुत गरिएको छ ।
१. अर्थ सरोकार ग्राहक सेवा के हो ?
यो अन्य अनलाइनले पनि अर्थ सरोकार डटकममा प्रकाशित समाचारलाइ पुन प्रकाशन गर्न पाइने गरी तयार गरिएको ग्राहक सेवा हो । यो सेवाको सदस्य बनिसकेपछि सदस्य भएका अनलाइनहरुले अर्थ सरोकारको समाचार ‘ब्याकलिंक’ दिएर पुन: प्रकाशित गर्न सक्नेछन् । कुनै पनि समाचार पोर्टल वा ब्लग चलाउने व्यक्ति वा संस्थाले अर्थ सरोकार ग्राहक सेवा लिन सक्छन् । यो सेवा विशेषगरी फेसबुकबाट इन्स्ट्यान्ट आर्टिकलको व्यापार गर्नेहरु, समाचारमा ओझिलो कन्टेन्ट राखौं भन्नेहरु वा अर्थ सरोकार डटकमका समाचारप्रति चासो राखेर हामीसँग कुनै न कुनै रुपमा जोडिन खोज्नेहरुका लागि हामीले दिएको श:शुल्क ‘प्लेटफर्म’ हो । पछिल्लो समय विकृतिको रुपमा आएको ‘कपि-पेष्ट’ पत्रकारितालाई केहि हदसम्म भएपनि मर्यादित बनाउने र समाचार तयार गर्नेहरुलाई सम्मान गर्ने हाम्रो सानो प्रयास हो ।  
अर्थ सरोकार ग्राहक सेवा लिइसकेपछी ग्राहक सेवा लिएको मितिदेखि प्रकाशित भएका कुनै पनि समाचार पुन: प्रकाशिन गर्न पाइन्छ । यद्यपी समाचारमा अर्थ सरोकार डटकमबाट उल्लेख गरी त्यहाँ समाचारको अरोजिनल लिंक राख्नुपर्छ । 
२ अर्थ सरोकार ग्राहक सेवा लिन कति रकम तिर्नुपर्छ ?
अर्थ सरोकार ग्राहक सेवा लिन प्रति महिना ३५०० नेपाली रुपैयाँ तिर्नुपर्छ ।  एक बर्षको एकमुष्ट रकम दिनेलाई १०% छुट गरिनेछ । अन्य छुट हालका लागि केहि पनि छैन । प्रति महिना ३५०० रुपैयाँ तिरेपछि अर्थ सरोकारका कुनै पनि खोजमुलक समाचारहरु आफ्नो अनलाइन / ब्लगमा प्रकाशित गर्न सकिनेछ । यद्यपी एउटा ग्राहक सेवा एउटा अनलाइनलाई मात्र प्रयोग गर्न पाइन्छ । यसको नियमन गर्ने छुट्टै विभाग अर्थ सरोकारको कार्यालयमा छ । नियम विपरित हाम्रा समाचार कन्टेन्टहरु पुन: प्रकाशित गरेको पाइएमा हामी कानुन बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउनेछौं ।
३. अर्थ सरोकार ग्राहक सेवा लिन के गर्नुपर्छ ?
अर्थ सरोकारका समाचार कन्टेन्ट पुन प्रकाशन गर्दा गलत सन्देश जाने खालका अन्य तस्विरहरु प्रकाशित गर्न पाइने छैन । अर्थ सरोकार ग्राहक सेवाको रकम प्रत्येक महिनाको पहिलो दिन भुक्तानी गरिसक्नुपर्छ । यो प्रि-पेड सेवा हो । कुनै पनि कारणले प्रत्येक महिनाको पहिलो दिननै रकम भुक्तानी हुन नसकेमा दोश्रो दिनदेखि हाम्रा कन्टेन्टहरु पुन: प्रकाशन गर्न पाइने छैन । हाम्रो अनुमति रकम भुक्तान भएको ३० दिनसम्मका लागि मात्र हो । अन्यथा हाम्रो समाचारको दुरुपयोग गरेकोमा विना अनुमति हामी कानुनी प्रक्रिया अगाडी बढाउनेछौं । अन्य जानकारीका लागि सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: