×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वेष्ट फाईनान्स कम्पनीद्वारा सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वेष्ट फाईनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई सहयोग गरेको छ । कम्पनीले   सिन्धुपाल्चोकको हेलम्वु नै पुगेर ४८ थान सोलार प्यानल सहयोग गरेको हाे ।
असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतीका कारण त्यस क्षेत्रमा विजुली बन्द भएको र उज्यालोबाट बन्चित विपदमा परेका हेलम्वु क्षेत्रका जनतालाई तत्काल राहत दिने उदेश्यले ४८ थान सोलार प्यानल हेलम्वु गांउपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको जनाएको छ ।
काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको वेष्ट फाईनान्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेलम्बुबासीलाई यो सहयोग गरेको र भविष्यमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: