×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विद्युतको पोलमा ठोक्किएर बस दुर्घटना, १७ जना घाइते

काठमाडौं – मंगलबार विहानै काठमाडौंमा विद्युतको पोलमा ठोक्किएर बस दुर्घटना भएको छ । दुर्घटनामा परि १७ जना घाइते भएका छन् ।
काठमाडौंभित्र चल्ने सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस विद्युतको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।  विद्युतको पोलसमेत ढलेका कारण बस उठाउन समस्या भएको प्रहरीले जनाएको छ । विद्युत प्राधिकरणका कर्मचारी आएर विद्युत ट्रान्सफर्मरसहितको पोल पन्छाएपछिमात्र बस उठाउन सकिने प्रहरीको भनाइ छ ।
काठमाडौंको मैतिदेवीमा विहान ३ बजेतिर भएको दुर्घटनामा ८ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । गम्भीर घाइते हरुलाई नर्भिक अस्पताल लागिएको छ भने बाँकीको वीर अस्तालमा उपचार भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: