×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चितवनमा अझै सुरु भएन मतगणना

  • अर्थ सरोकार सम्बाददाता 
चितवन – चितवनमा शुक्रबार बिहान ९ बजेदेखि मतगणना गर्ने भनेर अहिलेसम्म पनि शुरु भएको छैन । आन्तरिक व्यवस्थापनका कारण मतगणना शुरु हुन ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय चितवनले  जनाएको छ । अब केही बेरमा गणना शुरु हुने जानकारी आएको छ ।
बिहीबार राति मुख्य निर्वाचन अधिकृतसँग बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेदेखि गणना गर्ने निर्णय गरेको थियो । तर, पुनःसर्वदलीय बैठक बसी मतगणना तत्कालै शुरु गर्ने निष्कर्ष निकाले पनि अझै शुरु हुन सकेको छैन ।
बिहानको दलको निर्णयपछि दलका प्रतिनिधिको परिचयपत्र बनाउने लगायत आवश्यक आन्तरिक तयारी थालिएको थियो । सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले एक उम्मेदवारको एकजना प्रतिनिधि राख्ने र प्रत्येक क्षेत्रको तीन ठाउँमा गणना हुने जानकारी दिए ।
तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा भरतपुर माविमा हुने मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गणनास्थलमा तारजाली लगाइएको छ भने सिसी क्यामेरा समेत जडान गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: