×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यि खलपात्र जसले कांग्रेसलाई रसातलमा लान भूमिका खेले

काठमाडौं – मुलुकको सवैभन्दा पुरानो, पछिल्लो जनमतको आधारमा सवैभन्दा ठूलो र लोकतान्त्रिक दलको पहिचान बनाएको दल नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पराजय बेहोरेर इतिहासमा लज्जाको रेकर्ड राखेको छ । 
नेपाली कांग्रेसको जन्म, विकास, बिस्तार र पहिचानको लागि धेरैजसो समय नेतृत्वमा रहेका सिन्धुलीको दुम्जा पुख्र्यौली घर भएका कोइरालाहरुले पार्टीलाई परिवारमा परिणत गरेको आरोप लगाउँदै असन्तुष्टहरुको झुण्डलाई बोकेर पार्टी नेतृत्वमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा असफल नेताको परिचय बोक्न वाध्य भएका छन् । संघीय प्रदेशको तल्लो सदन प्रतिनिधिसभाको एक सय ६५ सिटको लागि भएको निर्वाचनमा कांग्रेसले २२ सिट सम्म पनि जित्न नसक्नुले पार्टी नेताको रुपमा देउवाको पहिचान असफल भनेर चिनिएको हो । पार्टी जीवनमा संगठनलाई कहिल्यौ पूर्णता दिन नसक्ने जम्वो मन्त्रीमण्डल गठन गर्ने, पार्टी भित्र नेता र कार्यकर्तालाई जिम्मेवारी नदिने र पछिल्लो समय गृह मन्त्रालय जस्तो जिम्मेवार, संवेदनशिल र महत्वपूण मन्त्रालयको नेतृत्व खाली राख्नुले उनी शंकालु प्रवृत्तिको नेता भनेर चिनिएका छन् । 
राष्ट्रिय राजनीतिमा मुलुकका सामू देखा पर्ने जल्दा बल्दा समस्याको निकास, निराकरण, संवोधन र समाधान गर्न पहल नगर्ने अन्तरमुखि स्वभावका देउवाकै नेतृत्वको कारण मासवेस पार्टी भएर पनि जनतालाई पार्टीको नीति र कार्यक्रमप्रति विश्वास दिलाउन नसक्नु देउवाको ठूलो कमजोरी हो । देउवाले विगतमा पार्टी नेतृत्वमा आउनुअघि बनाएका योजना, उदेश्य र घोषणा गरेका कुनैं पनि वाचा पुरा गर्न नसक्नु उनको असक्षमता हो । संगठन, राष्ट्रिय राजनीतिका जल्दो बल्दो बिषयमा मौन बस्नु र कम्युनिष्ट पार्टीबीच तालमेल हुनु नैं कांग्रेस पराजित हुनुको मुख्य कारण हो । 
देउवा नेतृत्वमा आउपछि उनले कामको बाँडफाँड कसैलाई दिएनन् बरु उनले भएका सबै अधिकार आफैमा केन्द्रीत गरे । यसको उदाहरणको रुपमा उनले पार्टीको सभापति, सरकारको प्रधानमन्त्री, संसदीय दलको नेता जस्ता महत्वपूर्ण पदहरु आफैमा निहित राखेका थिए । देउवाले उपसभापति, एक महामन्त्री, सहमहामन्त्री, पाँच केन्द्रीय सदस्य ४२ वटा विभाग, पार्टी प्रवक्ता जस्ता सबै पदमा कसैलाई पनि चयन गर्न वा जिम्मेवारी दिन चाहेनन् । सत्तामा रहँदा समेत उनले श्रीमती आरजु राणा र नेता विमलेन्द्र निधिबाहेक कसैसँग कुनैं पनि बिषयमा परामर्श लिएनन् । 
प्रधानमन्त्री देउवाका यि दुई पात्र सँधै पद, पैशा र शक्तिलाई मात्र प्राथमिकतामा राख्ने व्यक्ति हुन् । गुट र ससुरालीलाई भन्दा अरु कसैलाई पनि विश्वास गर्न नसक्ने देउवालाई सही वाटोमा ल्याउन बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शसांक कोइरालाले कहिल्यै पनि सकारात्मक भूमिका खेलेनन् । देउवाको सदसयता र पारदर्शी स्वभाव तथा अविश्वास कसैलाई नगर्ने उनको कमजोरीलाई सुधार्न भूमिका नखेल्ने पौडेल र कोइरालाको भूमिका पनि कम दोषी छैन् । – जनप्रहार साप्ताहिक 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: