समानुपातिकमा एमालेको अग्रता, काँग्रेस पछिपछि (ताजा अपडेट)

काठमाडौं - प्रत्यक्षमा सबै भन्दा बदी सिट जितेको एमाले समानुपातिकतर्फ पनि सुरुदेखि नै अग्रतामा रहेको नेकपा एमालेले आफ्नो अग्रता यथावत राखेको छ । समानुपातिकमा एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने नेकपा माओवादी केन्द्र तेस्रो शक्ति बन्ने देखिएको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले ९ लाख ३६ हजार ४ सय ४२ मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ भने कांग्रेसले ८ लाख ७८ हजार ८ सय २४ मत हासिल गरिसकेको छ र त्यस पछि माओवादी केन्द्रले तीन लाख ८५ हजार ४ सय ३४ मत बटुलेको छ ।

प्राप्त जानकारी अनुसार  संघीय समाजवादी फोरम नेपालले ६४ हजार ९६ मत प्राप्त गरेको छ । बिहान १० बजे देखि मात्र चितवनमा  समानुपातिकतर्फको मतगणना सुरु हुने भएको छ । मतगणना भरतपुरस्थित चितवन उच्च माविमा हुने जानकारी चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु हुने समयभित्र उम्मेदवार तथा दलका प्रतिनिधिहरुलाई उपस्थित हुन भनेको छ । मुख्य निर्वाचन अधिकृत शर्माले उम्मेदवार तथा प्रतिनिधि तोकिएकै समयमा उपस्थित नभए पनि गणना अघि बढने जानकारी दिए ।
प्रकाशित : Tuesday, December 12, 2017
,

recent

Popular Posts