×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काँग्रेसमा सबै भन्दा बढी मत ल्याएर जित्ने उम्मेदवार बने कँडेल

काठमाडौँ – देशैभरि बाम गठबन्धनको लहर चलेको बेला देवेन्द्रराज कँडेलले काँग्रेसबाट जित्नेमध्ये सबैभन्दा बढी मतको अन्तरबाट जित सफल भएका छन् । नेता कँडेल नवलपरासी पश्चिम– २ बाट ३४ हजार १३० मत ल्याएर विजयी हासिल गर्नु भएको छ भने उनका प्रतिद्वन्द्वी बाम गठबन्धनका माओवादी उम्मेदवार घनश्याम यादवले २३ हजार ८९८ मत पाए । 
काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट ६ हजार ९१५ मत अन्तर मात्र निकालेर विजयी भए । 
दोलखामा बाम गठबन्धनका एमाले उम्मेदवार पार्वत गुरुङले ३० हजार १५३ मतको अन्तर निकालेका थिए । गुरुङले ल्याएको मतअन्तर नै यो चुनाबको सर्वाधिक अन्तर हुने देखिएको छ । सबैभन्दा बढी मत एमाले अध्यक्ष केपी शर्माले ओलीले पाएका छन् । झापा–५ बाट उनले ५७ हजार १३९ मत ल्याएर विजयी भएका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: