×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनसरीको भुटहामा आगलागी, २ लाख बढीको क्षति

इनरुवा – सुनसरीको हरीनगरा गाउँपालिका वडा नम्बर २ भुटहामा आगलागी भएको छ । आगलागी क्रममा करिब २ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
गएराती १:१५ बजेतिर स्थानीय ताहिर सिद्दिकीको गाई गोठमा आगलागी हुँदा सो बराबरको क्षति भएको भुटहा चौकीका असय देवकुमार यादवले जनाएका छन् ।
राती गोठमा बालेको घुरबाट अचानक सल्केको आगोले सिद्दीको एउटा घर पुर्णरूपमा जलेर नस्ट भयो भने अरु दुईवटा घरमा क्षति पुगेको यादवले बताए । १ वटा गाई र गाईको बाछी समेत जलेर मरेको स्थानीय नसिम अन्सारी बताए ।
आगलागीलाई स्थानीयबासी नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगरपालिकाका दमकल लगायतले करिब २ घन्टापछि नियन्त्रणमा लिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: