×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गंगामाया अधिकारीले प्रचण्डविरुद्ध सनसनीपूर्ण बयान दिएपछि वाम गठबन्धनभित्र ठुलो भुकम्प

काठमाडौं – छोराको हत्यारालाई कारवाही गर्न मागसहितविगत लामो समयदेखि अनशनरत गंगामाया अधिकारीले प्रचण्डबिरुद्ध सनसनीपूर्ण बयान दिएकी छिन ।
छोराका हत्यारा माओवादी नेता र कार्यकर्तालाई कारबाहीको माग गर्दै अधिकारीले माओवादीलाई यसपटकको निर्वाचनमा जनताले हराउन अपील गरेकी छिन् ।
अधिकारीले आफ्नो छोराको हत्यालाई पक्राउ गरेर पनि प्रहरी प्रशासनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दवावमा कारबाही हुन नदिएको आरोप लगाएकी छिन् । उनले सधै जनतालाई थिचोमिचो गर्ने माओवादी पार्टीका उम्मेदवारहरुलाई भोट नदिन आग्रह गरेकी छिन् ।
गंगामाया अधिकारीका पति नन्दप्रसाद अधिकारीले छोराका हत्यारा माओवादी नेतालाई कारबाहीको माग गरेर अनशनमा बसेका बेला मृत्यु भएको थियो । उनको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालमा छ ।
गंगामायाको अवस्था पनि नाजुक छ । उनले आफ्नो छोराको हत्या गर्ने माओवादी नेताहरुलाई कारबाही नहुँदासम्म अनशन नछाड्ने बताउँदै आएकी छिन् ।
निर्वाचनका बेला मतदातारुलार्इ गंगामायाले यस्ताे अपील गरेपछि प्रचण्ड-ओली गठबन्धनभित्र भूकम्प जाने निश्चित छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: