×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रौतहटमा कांग्रेसको विजयी जुलुस प्रहरी गोली चल्यो, स्थिति तनावग्रस्त

रौतहट – रौतहट क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ३ राउण्ड हवाई फायर गरेको छ भने त्यसका साथै दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेको छ । प्रहरीले हवाई फायर गरेपछि त्यहाँकाे स्थिति तनावग्रस्त बनेको छ ।
त्यस क्षेत्रको अवस्थालाई नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जानकारी दिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: