×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

म कुनै राजनीतिक दलको पक्ष र विपक्षमा लागेको छैन – कुलमान

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक दलको पक्ष र विपक्षमा नलागेको बताएका छन् । उनले कुनै पार्टीलाई समर्थन र कुनैलाई आक्षेप लगाउने गरी अभिव्यक्ति पनि नदिएको बताए ।
कुलमानले कम्युनिष्टहरु ढोंगी हुने भएकाले आफू कांग्रेसको पक्षमा रहेको भनेको भन्दै केही अनलाइनहरुले समाचार लेखेका थिए । यो निकै विवादित भएपछि उनी स्पष्टीकरण दिन बाध्य भएका छन् ।आफूले भन्दै नभनेको विषयलाई समाचार बनाइएको र मिडियाले गलत समाचार छापेको भन्दै कुलमानले खेद व्यक्त गरेका छन् ।
कुलमानले आफ्नो फेसबुक पेजमार्फत् स्पष्टीकरण दिएका छन् जसमा लेखिएको छ- मैले बोल्दै नबोलेको कुरालाई केही सञ्चारमाध्यमले मेरो हवाला दिएर चुनाव सम्वन्धी सामाग्री सम्प्रेषण गरेको पाइएकोले खेद व्यक्त गर्दछु । यस्ता गलत समाचार सम्प्रेषण नगर्नु हुन हार्दिक अनुरोध गर्दछु ।’
माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ ऊर्जामन्त्री बनेको बेला कुलमानलाई विद्युत प्राधिकरणको प्रमुखमा नियुक्त गरिएको थियो । पद सम्हालेलगत्तै उनले काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लाहरुमा लोडसेडिङ हटाएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: