×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारमा सामान्य करेक्सन, विश्लेषक भन्छन् ‘आत्तिहाल्नुपर्ने अवस्था छैन’

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार राताम्मे भएको छ । बिहिबारको तुलनमा नेप्से १८.५६ अंकले घटेर २६१८.५६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१९ कम्पनीको १ करोड २७ लाख २८ हजार १२५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १४ करोडमाथिको कारोबार भएको छ । यता सेयर बजारका विश्लेषकले आजको बजारको अवस्था हेर्दा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । 
आज सबैभन्दा बढी कारोबार एनसीसी बैंकको भएको छ । यस कम्पनीको २८ करोड ८६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: कुमारी बैंक र हिमालयन डिस्टिलरिको भएको छ । आज सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै समता घरेलु लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने  महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: