×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ठमेलको गोप्य भेलामा पिउँदापिउँदै कांग्रेस नेताहरुले पोखे यस्तो पीडा !

काठमाडौं – ‘पहिला तपाईहरुको कुरा सुनौं । मेरो कुरा पछि गर्छु ।’ सोमबार साँझ ठमेलस्थित होटल मस्र्याङ्दीमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शुरुमा अरुको धारणा सुन्न चाहेपछि कुरै यति लामा–लामा भए कि, अन्तिममा उनैले छोटकरीमा बिट मार्नुपर्यो ।
चुनावपछि केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय समितिजस्ता बैठक बसिहाल्नुपर्ने तर संस्थापन पक्षले कुरा नसुनेपछि कसरी अगाडि जाने भनेर रामचन्द्र पौडेल पक्षधर नेताहरु छलफलमा छन् । ठमेल भेला त्यस्तै थियो ।
काठमाडौंका सबुज बानियाँले व्यवस्थापन गरेबमोजिम एक दर्जनभन्दा बढी जिल्लाका सभापति जुटे । बर्दियामा वामदेवलाई हराएर आएका सञ्जय गौतमबाहेक सबैले गुनासोमात्र राखे ।
त्यसो त स्वयं सञ्जय पनि गुनासोविहीन थिएनन् । बाध्यताबाहेक मन लागेर कसैले टिकट पाएनन् । दिनैपर्ने भए पनि सकेसम्म प्रदेशकै दिए । टिकट लिएर गएकाले जिल्ला सभापतिलाई बुथ कमिटिजत्तिको पनि भ्याल्यु दिएनन् ।
रोल्पाका सभापति अमरसिंह पुनले यसो भनेपछि धनकुटा सभापछि जीतनारायण श्रेष्ठले थपे ‘सल्लाह पनि नगरी राप्रपालाई जिल्ला नै छोडिदिने कुराले पछिसम्म समस्यामा पर्ने भयो ।साथीहरुलाई बुझाउन र मनाउन अफ्ट्यारो छ ।’
बर्दियाका सञ्जयले चुनावअघि नै यस्तो बसाई र छलफल हुन पाएको भए अहिले भएको क्षति कम हुन्थयो कि भन्ने सुझाव दिए । जनआस्था साप्ताहिकमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: