×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सासंद सिलवालाई पक्राउ गर्न प्रहरी प्रमुख अर्यालले दिए निर्देशन, यस्ता छन् कारण

काठमाडौं – नेपाल प्रहरीका पूर्वडिआइजी तथा हालै सम्पन्न निर्वाचनमा ललितपुर १ बाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले आफु मातहतको निकायलाई निर्देशन दिएको छ । 
उनले सरकारी कागजात किर्ते गरेको आरोपमा मुद्दा दायर भइसकेकाले प्रहरी प्रमुख प्रकाश अर्यालले तत्काल  नव निर्वाचित सांसद सिलवाललाई पक्राउ गरी हिरासतमा लिन ललितपुर प्रहरीलाई निर्देशन दिइसकेको प्रहरी स्रोतले बताएको छ ।  
सर्वोच्च अदालतको आदेश अनुसार आफूहरु सिलवाललाई पक्राउ गरेर अनुसन्धान गर्न बाध्य भएको अर्यालको तर्क छ । सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दार्ता भएको छ ।
सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि तत्कालीन डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गर्नुका साथै कार्यसम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दियो । आदेश अनुसार सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो ।
त्यसमा पनि असन्तुष्ट सिलवाल फेरि सर्वोच्च गए । तर, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको पूर्ण इजलासले उनको मागदाबी अस्वीकार गर्‍यो । आईजीपी बन्न नपाएपछि एमाले प्रवेश गरेका सिलवाल ललितपुर १ बाट चुनाव जितेर सासंद बनेका छन् । तर सासंदको सपथ ग्रहण नहुँदै उनीविरुद्ध अनुसन्धान सुरु भएको छ ।

उनी सांसद बन्न पाउँदा नपाउँदै सर्वोच्चले फैसलाको पूर्ण पाठ सार्वजनिक गर्‍यो, जसमा सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न आदेश दिइएको थियो ।
अहिले पनि प्रहरीको फरार सुचिमा रहेका सिलवाललाई पक्राउ गर्नको लागि प्रहरी प्रलिचालन गरिएको बताइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: