×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सल्यानमा टुट्‍यो एमाले-माओवादी गठबन्धन, भित्री रहस्य छताछुल्ल !

सल्यान – सल्यानमा नेकपा एमाले र माओवादी केन्द्रका चुनावी गठबन्धन टुटेको छ ।
माओवादीका आधिकारिक उम्मेदवार टेकबहादुर बस्नेतलाई एमालेका प्रदेस सभाका (क) उम्मेदवार गुलावजंग शाह हराउने भन्दै मतदाताको घरदैलोमा पुगेका छन् । चुनाव प्रचारको अन्तिम दिन सोमबार अलग अलग कार्यक्रम गरेका थिए । उनले माओवादी केन्द्रसँगको गठबन्धन टुटेको समेत बताएका छन् ।
माओवादी केन्द्रको आन्तरिक विवादका कारण जिल्लामा सुरुदेखि नै गठबन्धनमा किचलो हुँदै आएको थियो । माकेको जिल्ला पार्टीले तोकेको उम्मेदवारीप्रति असहमति जनाउँदै बैठकबाटै निर्णय गरेर प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा उम्मेदवारी दिएको छ ।
माओवादी केन्द्रको विवाद चर्किदै एकले अर्कालाइ कारवाही गर्ने तहसम्म पुगेको थियो । जिल्ला पार्टीले केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर बस्नेतलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न केन्द्र र प्रदेशमा सिफासिर गरेको छ ।
त्यसैगरी बस्नेत समूहले पनि जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीलाई कारवाही गरेको भन्दै अर्कोलाई तोकेको थियो । माओवादी केन्द्रले आन्तरिक विवादको व्यवस्थापन गर्न नसक्दा गठबन्धनमा नै असर परेको छ । एमाले उम्मेदवारहरुबीच पनि राम्रो सम्बन्ध छैन ।
प्रदेश सभा अन्तरगत (ख) का उम्मेदवार प्रकाश ज्वाला बागीले माओवादी केन्द्रका बागी उम्मेदवारहरुसँग भित्रभित्रै तालमेल गरेका छन् । त्यो थाहा पाएपछि एमालेका अर्का उम्मेदवा शाह आक्रोसित भएका छन् । नेता ज्वालालाई समर्थन गर्ने भन्दै माओवादी केन्द्रका बागी उम्मेदवार जितबहादुर पुन पछी हटिसकेका छन् । ज्वालाको समूहले प्रदेशको ख मा भीमप्रकाश शर्मालाई सहयोग गर्ने सहमति भएको छ ।
यो सहमतिसँगै जिल्लामा एमाले–माओवादी केन्द्रको गठबन्धन भाडिएको छ । आधाकारिक उम्मेदवार बस्नेतलाई एमाले उम्मेदवार शाहले सहयोग नगर्ने सार्वजकिन रुपमै बताइसकेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: