×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादी केन्द्र र मधेशी दलसहितको सरकार बनाउन एमालेको पहल

काठमाडौँ –  नेकपा एमालेले आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्र सहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठन गर्ने पहल भएको छ ।
वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेटन गृहकार्य गरेको छ ।
प्रदेश नं २ मा मधेश केन्द्रित दलले जितेको अवस्थामा आफूहरुले मिलेर काम गर्ने सन्देश दिनका लागि संवाद गरेको बताइएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच एक चरण भेटवार्ता भइसकेको छ ।
पार्टी एकताका लागि दुई पार्टीबीचका कार्यदलबाट आउने सुझावबमोजिम साझा सैद्धान्तिक विचार र कार्यक्रमतय हुने जनाइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: