×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

वाम एकताविरुद्ध बोल्नेलाई कारबाहीको चेतावनी – एमाले नेता गुरुङ

काठमाडौं – भर्खरै सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता पार्वत गुरुङले वाम एकता विरुद्ध बोल्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
उनले निर्वाचनको मतपरिणामले वाम एकता गर्नुपर्ने जनादेश दिएको भन्दै पार्टी एकता विरुद्ध जानेलाई आम मतदाताले नै बहिष्कार गर्ने उनको दावी छ ।
दोलखाली पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नवनिर्वाचित दोलखाका सांसदहरु’ सँगको साक्षात्कार कार्यक्रममा उनले पार्टी एकताविरुद्ध कुनै पनि नेता कार्यकर्ताले बोल्न नहुने बताए ।
मुलुकको समृद्धिका लागि वा एकता हन लागेको भन्दै उनले पार्टी एकतामा अवरोध गर्ने र जनभावना विपरीत जानेलाई जनताले नछाड्ने बताएका छन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: