×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम लाइफले दैनिक १ रुपैयाँमा बीमा गर्ने

काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्सले प्राइम लाइफ म्यादी जीवन बीमा योजना बजारमा ल्याएको छ । केही समयअघि ल्याएको यो योजनामा दैनिक १ रुपैयाबाट बीमा गर्न सकिनेछ ।
यो योजनामा सहभागी हुने बीमितको बीमा अवधि समाप्ती नहुदै बीमा चालु रहेको अवस्थामा मृत्यु भएमा पुरै बीमा रकम हकवाला वा कानुन अनुसार सबैभन्दा नजिकको व्यक्तिलाई प्रदान गरिने छ । यो बीमा योजनामा न्युनतम बीमा रकम १ लाख देखि अधिकतम असिमीत रकम बराबर बीमा गर्न सकिनेछ । १६ वर्ष देखि माथी ६५ बर्ष सम्मका स्वस्थ व्यक्तिहरुले बीमा गर्न सक्ने छन भने बीमा अवधि न्युनतम ५ वर्ष देखि माथी ३५ बर्ष सम्मको हुनेछ ।
बीमा अवधि समाप्ती नहुदै बीमा चालु रहेको अवस्थामा बीमीतको दुर्घटनाको कारणबाट मृत्यु भएमा पुरा बीमा रकमको दोब्बर बीमीतको हकवाला वा कानुन अनुसारको सबैभन्दा नजिकको व्यक्तिलाई प्रदान गरिनेछ । कम्पनीले नेपालका ७३ जिल्लामा १ सय २९ वटा कार्यालयबाट सेवा पुर्याउदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: