×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डको पर्सा अभिव्यक्तिले पार्टीभित्रै ‘लफडा’, जर्बजस्ती गरे ‘कत्लेआम’गरिने केन्द्रीय सदस्यको धम्की

काठमाडौँ – पर्साको ठोरीमा मंगलबार भएको सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा गाभ्ने अभिव्यक्ति दिएपछि यसको बिरोध सर्बत्र भइरहेको छ ।
प्रचण्डको उक्त अभिव्यक्ति दिएपछि संघिय समाजवादी फोरमले पर्सामा बिरोध प्रदर्शन गरेको थियो र साथै प्रदर्शनमा सहभागीा फोरमका नेताहरुले प्रचण्डको हात काटीदिने र उक्त अभिव्यक्ति फिर्ता नलिए माओवादी केन्द्रका कार्यकर्तालाई वीरगन्जबाट लखेट्ने समेत चेतावनी दिएका थिए ।
अहिले यस अभिव्यक्तिको बिरोध पार्टी बाहिर मात्र नभई पार्टी भित्र पनि सुरु भएको छ । अध्यक्ष प्रचण्डको यस्तो घोषणाले समाजमा हिँसा भड्किने खतरा रहेको भन्दै पार्टीका नेताहरुले भित्र भित्र त्यस्ता अभिव्यक्ति नदिन सुझाब दिएका थिए ।
अहिले भने अन्तरिक रुपमा मात्र  नभई नेताहरुले प्रचण्डको उक्त उद्घोष गलत भएको भन्दै सार्वजनिक रुपमै विरोध जनाउन थालेको छ । माओवादीका एक केन्द्रीय सदस्य तथा निर्वाचित जनप्रतिनिधिले नै उक्त कुराको बिरोध गरेका छन् ।
वीरगञ्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले अध्यक्ष प्रचण्डले हचुवाको तालमा त्यस्तो घोषणा गरेको आरोप समेत लगाएका छन् ।
उनले ठोरी गाउँपालिका पर्साको भएका कारण त्यसको एक इन्च पनि प्रदेश नं ३ मा गाभ्न नमिल्ने भन्दै जर्बजस्ती गाभ्न खोजे ‘कत्लेआम’ (सार्वजनिक हत्या)’ गर्न पनि पछि नपर्ने चेतावनी दिए ।
उनले भने- ‘ठोरी गाउँपालिकाको जल, जंगल जमिन पर्सावासीको सम्पत्ति हो, जसजसलाई जहाँ जहाँ जानु छ गए हुन्छ तर जमिन एक इन्च पनि लिएर जान पाइँदैन । यसमा कसैसँग कुनै सम्झौता हुँदैन, ‘ठोरीलाई प्रदेश नं ३ मा हैन २ मै राख्नुपर्छ, यदी कोही पर्सावासीको भावना विपरित जान्छन् भने कत्लेआम गर्न तयार छु ।’
दुई दिन अघि ठोरी पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ठोरीलाई प्रदेश नं ३ मा गाभ्ने कुरा गरेका थिए । यसअघि ठोरी गाउँपालिकाको पहिलो बैठकले ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा गाभ्न सिफारिस गर्ने निर्णय समेत गरिसकेको छ ।
भारतसँग सीमा जोडिएको ठोरी पर्सा जिल्लामा पर्ने भए पनि चितवन भएर जानुपर्छ । उता ठोरीकै जनता भने विगत लामो समयदेखि चितवनमा गाभिनुपर्ने माग गर्दै आन्दोलनमा छन् । साविकको ठोरी, निर्मलवस्ती र सुर्वणपुर गाविस मिलाएर हाल ठोरी गाउँपालिका बनेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: