×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्सको आकर्षक प्रगति, खुद नाफा ६२.४३%ले वृद्धि हुँदा इपिएस कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा ६२.४३% ले बढेको छ । गत वर्षको यहि अवधिमा १ करोड ८५ लाख १४ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष बढेर ३ करोड ७३ हजार रुपैयाँ पुगेको छ । 
यस्तै, कम्पनीको खुद बिमा शुल्कमा पनि आकर्षक वृद्धि भएको छ । पहिलो त्रैमाससम्ममा खुद बिमा शुल्क ९१.९७% ले बढेर ४६ करोड ५२ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २४ करोड २३ लाख ३७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
असोज मसान्तसम्म आइपुग्दा जीवन बिमा कोष १४६.९१% ले बढेर १ अर्ब ३९ करोड ५६ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको जीवन बिमा कोषमा ५६ करोड ५२ लाख ४१ हजार रुपैयाँ मात्रै थियो । यता, कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ५ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १५ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: