×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

खुल्यो नयाँ रहस्य: घैंटेको लगानी फिर्ता नगर्दा गौचनको हत्या भएको खुलासा

काठमाडौं – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याकाण्डबारे नयाँ खुलासा भएको छ । हत्या योजनाका मुख्य नाईके समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ तथ्य खुलेको हो ।
गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकमबारे उत्पन्न विवादले उनको हत्या भएको प्रहरीले जनाएकाे छ ।
सीआईबीका अनुसार मृतक गौचनले आफ्नो डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनेर गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार घैंटेमार्फत साढे २ करोड लिएका थिए । जसमध्ये एक करोड रूपैँया अाफ्नाे भएकाे समीरमानको दाबी छ ।
तर, घैंटेे ३ भदौ ०७२ मा प्रहरी कारबाहीमा मारिएपछि समीरमानले पुरै रकम माग गरेको प्रहरी रिपोर्टमा उल्लेख छ ।
प्रहरीका अनुसार घैंटेको मृत्युपछि समीरमानले शरद गौचनसँग साढे २ करोड दाबी गरेर रकम फिर्ता गर्न वा शेयर दिन पटक-पटक आग्रह गरेको खुलेको छ । गौचनले यो नमानेपछि उनीहरुबीच विवाद उत्पन्न भयो, जसकारण गौचनको हत्या भयो ।
प्रहरीका अनुसार समीरमानले वीरगञ्ज विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिसन वापत २ प्रतिशत रकम पनि मागेका थिए । तर, गौचनले नदिएकाले समीरमानकै योजनामा उनको हत्या भएको खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समीरमानलाई शनिबार चितवनबाट पक्राउ गरेको छ । अध्यक्ष गौचनको गत असोज २३गते सोमबार राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा गौचनको हत्या भएको थियो ।
बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली हानिएको थियो ।
गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको शिशामा ढुंगा प्रहार गरेको र गाडी रोकिएपछि दुई गोली प्रहार भएको थियो । गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: