×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ताजा अपडेट : यस्तो छ अहिले सम्मको एमाले, माओवादी र कांग्रेसको परिणाम

काठमाडौँ –  मंसिर १० मा पहिलो चरणको निर्वाचन भएका मध्ये ३७ प्रतिनिधि सभासदस्यमध्ये ३४ स्थानमा बाम गठबन्धन, एकमा नयाँ शक्ति र एकमा राप्रपा प्रजातान्त्रिकले अग्रता लिएका छन् ।
रसुवा जिल्लामा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका मोहन आचार्य वाम गठबन्धनका उम्मेदवारभन्दा १४५१ मतले अगाडि छन् ।
उनलाई वाम गठबन्धन एमाले उम्मेदवारले जनार्दन ढकाल ३३२१ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै प्रदेशतर्फ ‘क’ मा लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार प्रभात लामा ४१६५ तथा वाम गठबन्धनकका एमाले उम्मेदवार कर्णेल लामा ३४५७ मतान्तरमा छन् ।
त्यस्तै सिन्धुपाल्चोकमा पशुपति समशेर राणा र गोरखामा डा बाबुराम भटराई अघि छन् । राणा र भट्टराई दुवैलाई कांग्रेसको समर्थन छ ।
पछिल्लो परिणामअनुसार मनाङ, मुस्ताङ र पूर्वी रुकुममा वाम गठबन्धनका ५ उम्मेदवार विजयी भएका छन् । मनाङ, मुस्ताङमा एमाले उम्मेदवार विजयी भएका छन् भने पूर्वी रुकुममा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: