×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अफ्ट्यारोमा अनिल शाह : कानुन मिचेर सेञ्चुरीमा सीइओ हुन जाने कि, नैतिकता गिराएर अरु बैंक रोज्ने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- केहि समय अघि मेगा बैंक छाडेर सेञ्चुरीको सीइओ बन्ने करार गरेका बैंकर अनिल शाह अन्तत: सेञ्चुरीसँग सम्झौता गरेको तलव गैरकानुनी भएको तथ्य बाहिरिएपछी अफ्ट्यारोमा परेका छन् । शाहले सेञ्चुरीसँग गरेको सम्झौतानै गैरकानुनी भएको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि नेपाल राष्ट्र बैंकले यसमा विशेष चासो देखाएको थियो । अन्तत: अनिल शाह र सेञ्चुरी बैंकले गरेको करार ‘गैरकानुनी’ भएको पुष्टी भएपछी राष्ट्र बैंकले अनिल शाहले सेञ्चुरीसँग गरेको करार अनुसार तलव दिन नहुने धारणा घुमाउरो पारामा राखेपछि अनिल शाहको सेञ्चुरीको सीइओ बन्ने कानुनी अधार सकिएको छ । त्यसपछि अव उनी के गर्लान् ? भन्ने प्रश्न उठेको छ । उनी यहि पुष १ गतेदेखि सेञ्चुरी बैंकको सीइओ बन्नेगरी करार गरिएको छ ।

अनिल शाह र सेञ्चुरी बैंकले गरेको करार ‘गैरकानुनी’ भएको पुष्टी भएपछी राष्ट्र बैंकले अनिल शाहले सेञ्चुरीसँग गरेको करार अनुसार तलव दिन नहुने धारणा घुमाउरो पारामा राखेपछि अनिल शाहको सेञ्चुरीको सीइओ बन्ने कानुनी अधार सकिएको छ । 

कानुन मिचेर सेञ्चुरी छिर्दा रिस्क नै रिस्क !
उनले सेञ्चुरी बैंकसँग गरेको करार गैरकानुनी भएको पुष्टी भइसकेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार हिसाब गर्ने हो अनिल शाहले अधिकतम ९ लाख ९ हजार पांच सय १८ रुपैयाँ २६ पैसा मासिक तलव खान पाउने हो । तर उनी त्यसभन्दा बढी तलव लिने गरी सेञ्चुरी छिरेका छन् । यसो त नेपाल राष्ट्र बैंककै पूर्व कर्मचारीहरु समेत रहेको सेञ्चुरी बैंकमा तीनै राष्ट्र बैंकका पूर्व कर्मचारीहरुले ‘केहि हुँदैन, नेपाल राष्ट्र बैंकमा हामी मिलाउँछौं’ भन्ने आश्वासन अनिल शाहलाई दिएका छन् । तर कानुन मिचेर तलव खाने गरी पदमा बस्दा उनलाई रिस्क नै रिस्क हुने जानकारहरु बताउँछन् । यसरी गैरकानुनी हिसावले बैंकमा बस्दा एकातर्फ संचालक समितिले दिएका हरेक प्रेसरहरु आफ्नै काँधमा पर्ने देखिन्छ भने कुनै पनि बेला राष्ट्र बैंकले एक्सन लिन सक्नेछ ।

कानुन मिचेर तलव खाने गरी पदमा बस्दा उनलाई रिस्क नै रिस्क हुने जानकारहरु बताउँछन् । 

अरु बैंक जाने हो भने नैतिकता गिर्छ !
यसै पनि बैंकिङ क्षेत्रमा अव अनिल शाहको समय सकियो भनेर विश्लेषण गर्नेहरु धेरै छन् । यहि बेला अनिल शाहले सेञ्चुरी छाड्ने हो भने करार गरेर कुर्शीमै नबसी बैंक छोडेको दाग उनीमाथि लाग्नेछ । यसले उनको नैतिकतामाथि नै प्रश्न उठ्ने देखिएको छ । करारअघि नै आफुले गरेको करार नियमअनुसार छ वा छैन भन्ने तथ्यसमेत नहेर्दा अनिल शाह आज यो स्थितिमा आइपुगेका हुन् । यसो त यहि बेला नबिल बैंकमा सीइओको पद खाली छ । सेञ्चुरीमा सीइओ हुन नपाएपछि उनको सेफल्याण्ड विकल्प नबिल हुन सक्छ । तर नबिल बैंकमा सीइओ हुन पनि आधा दर्जन जति बैंकर लाइनमा रहेकाले यो दौड अनिल शाहले जित्छन् भन्न यसै सकिने अवस्था छैन । यो बीचमा अनिल शाहलाई नैतिक संकट परेको उनी निकटहरुको भनाइ छ ।

नबिल बैंकमा सीइओ हुन पनि आधा दर्जन जति बैंकर लाइनमा रहेकाले यो दौड अनिल शाहले जित्छन् भन्न यसै सकिने अवस्था छैन । 

आफुले खनेको खाल्डोमा आफैं परे अनिल शाह !
यसो त उनी नबिल छाडेर मेगा जाँदा १२ लाख २५ हजार तलव खाने गरी गएका थिए । त्यतिबेलाको  समयतिर उक्त तलव निकै नै आकर्षक थियो । त्यसपछि नेपाल राष्ट्र बैंकमै पनि सीइओको तलवलाइ लिएर पटक पटक थरीथरीका बहस भए । शाहकै तलवका कारण अन्य बैंकका सीइओहरुको तलव पनि बढ्यो । त्यसपछि नेपाल राष्ट्र बैंकले सीइओले पाउने तलवका विषयमा कडा नियम ल्याएपछी अनिल शाह अहिले अफ्ट्यारोमा परेका हुन् । यदी अनिल शाह मेगा छिर्दै गर्दा त्यति धेरै तलव नलिएको भने नेपाल राष्ट्र बैंकले सीइओको तलव सम्बन्धि यस्ता नियमहरु नबनाउन पनि सक्थ्यो । त्यसैले आजका दिनमा विश्लेषण गर्दा अनिल शाह आफुले खनेको खाल्डोमा आफैं जाकिएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: