×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुरुप्रसाद न्यौपाने अध्यक्ष भएको अपी पावरको हकप्रदमा लगानीकर्ता ठगिंदै, यसरी हुँदैछ ठगीधन्दा

काठमाडौं । सेयर कारोवारसम्बन्धी गम्भीर अपराध इन्साईडर ट्रेडिङमा राष्ट्र बैंकले कारबाही गरेको गुरुप्रसाद न्यौपाने अध्यक्ष रहेको अपी पावर कम्पनीको हकप्रद निष्काशनका नाममा लगानीकर्ताहरू फसिरहेका छन् । विगत एक वर्षदेखि यस कम्पनीको हकप्रद निष्काशनको नाममा सेयर मूल्यमा उतार-चढावहुँदै आइरहेको छ । सिद्धकाली पावरले निर्माण गर्ने भनिएको ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत् आयोजनाको क्षमता एक तिहाईमा सीमित गर्ने योजना सार्वजनिक भएसँगै अपीको हकप्रद निष्काशनको सम्भावना घटेको हो । त्रिशुली गल्छी जलविद्युत् आयोजनाको मुख्य प्रबद्र्धक अपी पावर कम्पनी रहेको छ ।
७५ मेगावाट क्षमताको त्रिशुली–गल्छी जलविद्युत् आयोजनाको क्षमता घटेपछि मूल प्रबद्र्धक अपी पावर कम्पनीको हकप्रदमा अन्यौलता थपिएको हो । गल्छीको प्रबद्र्धक सिद्धकाली पावर लिमिटेडले स्रोत जुटाउन नसक्ने भएपछि ७५ मेगावाटको आयोजनालाई २६ मेगावाटमा सीमित गर्ने भएको हो । उसले विद्युत् विकास विभागमा सुरुङ्ग निर्माण गर्दा लागत बढ्ने भन्दै सुरुङ्गबाहेकको आयोजना निर्माण गर्ने योजना विभागमा बुझाएको छ । यस सम्बन्धमा आइतबार विभागमा कम्पनीले प्रस्तुति दिएको थियो । आयोजनाको क्षमता घटाउने योजनास“गै अपीको हकप्रदको औचित्य र हकप्रद निष्काशन गर्नुपर्ने कारणमा प्रश्न चिन्ह खडा भएको हो ।
एकाएक आयोजनाको क्षमता ४९ मेगावाटले घटाउने योजना विभागमा पुगेपछि विभागले त्यसको कारण माग गरेको थियो । सिद्धकालीले ८ किलोमिटर लामो र ८.१ मिटर गोलाईको सुरुङ्ग निर्माण गर्दा जोखिम बढ्ने भएकाले जोखिम वहन नगर्ने कारण विभागलाई दिएको छ । उसले सुरुङ्ग निर्माणका लागि ठूलो लगानी आवश्यक पर्ने र त्यो सम्भव नभएकाले आयोजनाको क्षमता घटाइएको जानकारी विभागलाई गराएको थियो । यस अघि नै सिद्धकालीको नाममा त्रिशुली गल्छी निर्माण गर्न भन्दै गुरुप्रसाद न्यौपापनेले अर्बाै रुपैयाउठाइसकेका छन् । संस्थापक सेयर बिक्री गरेको भन्दै विभिन्न व्यक्तिस“ग २ लाखदेखि २० लाख रुपैयासम्म उठाइएको थियो । यसरी जलविद्युत् आयोजनाको सेयर किनेको भन्दै रकम बुझाएको व्यक्तिको संख्या हजार नाघिसकेको छ ।
केही समयअघि अरुण काबेलीको साधारण सेयर निष्काशन गर्ने क्रममा सिद्धकालीको सेयरमा लगानी गर्न आह्वान गर्दै पर्चा तथा फारम बाडेर पनि रकम उठाइएको थियो । यससम्बन्धमा धितोपत्र बोर्डमा उजुरी परेपछि बोर्डले सूचनामार्फत् सेयरका नाममा रकम संकलन नगर्न सचेत गराएको थियो । त्रिशुली–गल्छीमा ८० प्रतिशत प्रतिशत स्वामित्व अपी पावरको छ । त्रिशुली–गल्छी आयोजना बनाउनका लागि भन्दै अपीले २ सय प्रतिशत हकप्रद सेयर निष्काशनको प्रचार गरेको २ वर्ष पुग्न लागेको छ । पछिल्लोपटकमात्र अपीले गत असार ३० गते त्रिशुली–गल्छीका लागि भनेर १ बराबर २ अनुपातमा २ अर्ब १० करोड रुपैया“को हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा प्रस्ताव पुर्याएको  छ । त्यस पहिले २ अर्ब रुपैयाँको हकप्रद प्रस्ताव बोर्डमा दर्ता गरेको थियो । जलविद्युत् क्षेत्रमा नियामक नभएको कारण देखाउ“दै धितोपत्र बोर्डले बैंक वित्तीय संस्था तथा बीमा बाहेकका कम्पनीलाई यस्तो सेयर निष्काशनमा कडाई गरेको थियो ।
अपीले अझैसम्म बोर्डबाट हकप्रदको अनुमति पाएको छैन । आयोजनाबाट बैंक तथा वित्तीय संस्थापछि हटेपछि आयोजनाको क्षमता घटाएको हो । डलर अर्बपति विनोदकुमार चौधरीले आयोजनामा लगानी गर्ने भनेकोमा उनी पनि पछि हटेपछि आयोजना अन्यौलमा परेको छ । कम्पनीका अध्यक्ष न्यौपाने अहिले लगानीकर्ता खोज्दै हि“डेको अवस्थामा अपीको हकप्रदको सार्थकता र कारणबारे अर्को अध्याय सुरु हुने देखिएको हो । यसअघि प्रस्ताव गरिएको आयोजनाको क्षमतामा भारी कटौती गर्ने भएपछि हकप्रद निष्काशनको औचित्यका सम्बन्धमा खोजी हुने देखिएको छ । आयोजनामा हुने लगानीको अनुपातमा अब अपीको हकप्रदसमेत प्रभावित हुने निश्चित छ । लगानीको अनुपातका आधारमा अपीले उक्त हकप्रद निष्काशन गर्नु नपर्ने वा त्यसको आकार पनि कटौती गर्नुपर्ने देखिएको हो ।
७५ मेगावाटको त्रिशुली–गल्छी निर्माण गर्नका लागि अपीको हकप्रद निष्काशन गर्न लागिएको यसअघि नै कम्पनीले बताउंदै आएको छ । अब आयोजनाको क्षमता घटेपछि हकप्रदको अनुपात नघटेको खण्डमा गतिलो चलखेलको गन्ध सार्वजनिक हुने निश्चित छ । सेयर बजार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: