×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

होसियार ! अपी पावरमा यसरी डुब्दैछन् लगानीकर्ता, हकप्रदको भारी बोकाएर पैसा धुत्ने यस्तो छ नियोजित अभियान !

काठमाडौं – अपी पावरले २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गर्यो, सेयर बजारका एकथरि लगानीकर्ताहरू दौडादौड गरेर त्यस कम्पनीको सेयर किने । पसेयर मूल्य तीन सयबाट साढे आठ सय पुग्यो । बजार घट्ना लेपछि पुनः यसको मूल्य घट्यो, तर बीचबीचमा चलखेल गरी फेपिर मूल्य बढाउने प्रयास भैरहेको छ । जुन परियोजना देखाएर अपीले हकप्रद निष्काशनको निर्णय गरेको थियो, अहिले त्यो परियोजना नै फेरिएको छ । त्रिशुली गल्छी जलविद्युत्मा लगानी गर्ने भने पनि अहिले त्यसको क्षमता एक तिहाईमा सीमित बनेको छ ।

गुरुप्रसाद न्यौपानेको कम्पनीहरूमा सधैं यस्तै हुन्छ । जुन पहिले एनबी समूहको कम्पनीहरूमा हुन्थ्यो । पानेका करिब एक दर्जन कम्पनीहरूमा पटक÷पटक एउटाको योजना अर्कोलाई देखाउने र अर्कोको हिसाब अर्कैमा खाएर लगानीकर्तालाई लुट्दै आइरहेका छन् । हरेक वर्ष हकप्रद र बोनस दिने, त्यसमाथि एफपीओ पनि ष्काशन गर्ने गरेरउनले लगानीकर्ताको अर्बौ रुपैया व्यक्तिगत प्रयोजनमा उपयोग गरिरहेका छन् ।
अपीको हकप्रद भन्दै दौडिएका लगानीकर्ताहरू त्यसैगरी अरुणभ्यालीको एफपीओ समाचार आउनासाथै सेयर किन्न दौडधूप गरे, तर उनीहरू फेरि फसे । अरुणभ्याली, बरुण, अपी, रिडी, अरुण काबेली, द्धकालीलगायतका विभिन्न हाइड्रोपावर कम्पनीका नाममा न्यौपाने परिवारले लूटको धन्दा चलाइरहेका छन् । जलविद्युत् समूहमा नियामक निकाय नहुनुको फाइदा न्यौपाने लुटिरहेका छन् । 
पछिल्ला दिनमा अपीको हकप्रदको हल्ला फेरि चल्न थालेको छ । अरुणभ्यालीको एफपीओलाई धितोपत्र बोर्डले रद्द गरिदिइसकेको भए पनि अहिले अपीको सेयरमा चलखेल भैरहेको छ । यी दुबै कम्पनी न्यौपानेकै हो । दुबै कम्पनीको सञ्चालक समितिमा गुरु न्यौपाने अध्यक्ष छन् रअन्य सञ्चालकहरू पनि आफ्नै नातेदार । जब एउटै ब्यक्ति दुबै कम्पनीको अध्यक्ष छ र आफ्ना नातागोतालाई सञ्चालक समितिमा भरेर कम्पनी कब्जा गरिएको छ भने त्यहा“ सर्वसाधारणले गर्ने लगानीको जवाफदेहिता र सुरक्षाको सवाल गम्भीररुपमा उठ्नु स्वभाविक छ । 
अरुणभ्याली हाइड्रोपावर कम्पनीको वेभसाईटमा उल्लेखित सात सदस्यीय सञ्चालक समितिमा चारजना त गुरुप्रसाद न्यौपानेकै परिवार सदस्य नै छ । जसले कम्पनीको सम्पूर्ण निणन्त्रण कायम गर्दछ । त्यस्तै, अपी पावरको ६ सदस्यीय सञ्चालक समितिमा चारजना त न्यौपानेकै नातेदार छन् । दुबै सञ्चालक समितिमा न्यौपाने परिवारभन्दा बाहिरका केही ब्यक्तिहरू भए पनि उनीहरूले कम्पनीमा नियन्त्रणको हैसियत राख्दैनन् र केही त न्यौपानेकै मिलेमतोमा सञ्चालक भएकाहरू हुन् भनिन्छ । 
एक अर्ब चुक्ता पूँजी भएको अपी पावरले दुई सय प्रतिशत हकप्रद सेयर सर्वसाधारणलाई भिडाएर थप दुई अर्ब रुपैया जम्मा पार्ने अभियान चालु राखेको छ भने अरुणभ्यालीले पनि साढे ३१ लाख कित्ता एफपीओ जारी गरेर रकम उठाउन खाजेको थियो । जसबाट उसले झन्डै १ अर्ब रुपैया उठाउने योजना बनाएको थियो । यी दुबै कम्पनीहरूमा र्फत् नया विद्युत् आयोजनाहरूमा लगानी गर्न भन्दै थप पु“जी संकलन गर्न खोजिएको हो । जलविद्युत् आयोजना निर्माण गर्न धेरै पूँजी चाहिन्छ, लगानी जुटाउन कठिन छ, तत्काल प्रतिफल प्राप्त हुदैन र पनि त्यहा हुने लगानीलाई प्रोत्साहित गर्नेपर्छ । 
तर, पारिवारिक नियन्त्रणमा रहेको कम्पनीले यत्ति धेरै रकम उठाएर त्यसको सदुपयोग भएन भने कसले जिम्मेवारी लिने भन्ने प्रश्न गम्भीररुपमा उठेको छ । यो कसैको नियतसँग सम्बन्धित छैन, प्रामाणिक घटनाले नै देखाएको छ । केही वर्षअघि एनबी समूहका जीतबहादुर श्रेष्ठ दाजुभाईले नेशनल हाइड्रोमा सर्वसाधारणबाट लगानी उठाएर आफुखुशी खर्च गर्दा त्यसको पीडा अहिलेसम्म सर्वसाधारणले भोग्नुपरिरहेको छ । अरुण र अपीमा उठाइने सर्वसाधारणको पैसा पनि दुरुपयोग हुँदैन भन्ने ग्यारेन्टी गुरु न्यौपानेको परिवारबाहेक कसले लिन्छ ? अरुणभ्याली हाइड्रोपावरमा गुरु न्यौपाने तथा उनको परिवारको नाममा जम्मा÷जम्मी ६ प्रतिशतमात्र सेयर रहेको खुल्न आएको छ, तर सञ्चालक समिति पूरै उनकै कब्जामा छ । 
बाबु अध्यक्ष, छोरा, भतिज, बुहारी सञ्चालक भएको कम्पनीमा सर्वसाधारणले के आधारमा लगानी बढाउने ? लगानी डुब्दैन भनेर त्यहाँ प्रतिनिधित्व गर्ने सर्वसाधारण सञ्चालकले ग्यारेन्टी लिन सक्छन् ? केही समयपहिले अरुणभ्यालीले एक बराबर एकका दरले हकप्रद सेयर जारी गरेर चुक्ता पूँजी ५० करोडबाट एक अर्ब बनाएको थियो । त्यही बेला सेयरको भाऊ प्रतिकित्ता ६०० भन्दा माथि पुर्याएर गुरु न्यौपाने समूहले सस्तोमा पहिले किनेको सेयर महंगोमा सर्वसाधारणलाई भिडाएर पैसा कमाएका थिए । अहिले चुक्ता पूँजी एक अर्बबाट डेढ अर्ब बनाउन एफपीओ जारी गर्ने भनिएको छ, तर लगानी सुरक्षाको ग्यारेन्टी नभएकाले सर्वसाधारणको लगानी जोखिममा पर्ने निश्चित छ ।
त्यस्तै, अवस्था अपी पावरमा पनि देखिएको छ । अपी पावरले दुईसय प्रतिशत हकप्रद जारी गर्ने निर्णय सार्वजनिक गरेपछि सेयरको भाउ अकासिदा त्यस कम्पनीका प्रवद्र्धकहरूले पहिलेनै सस्तोमा उठाएर राखिएको सबै साधारण सेयरहरू महंगोमा सर्वसाधारणलाई बेचेर पैसा जम्मा गरेका छन् भने अहिले भित्रभित्रै संस्थापक सेयर पनि प्रतिकित्ता ३०० रुपैयादेखि ४०० रुपैयामा बिक्री गर्ने क्रम चलिरहेको छ । 
सेयर महंगोमा सर्वसाधारणलाई बेच्ने र हकप्रदको भारी बोकाएर सकेसम्म पैसा धुत्ने नियोजित अभियान रहेको देखिन्छ । अपी पावरले हकप्रद बिकाउनकै लागि बल्लतल्ल केही करोड रुपैया जुटाएर गतवर्षको खुद नाफा भन्दै पांच प्रतिशत बोनस दिने नाममा सर्वसाधारणलाई झुक्याउन खाजेको छ । धितोपत्र बोर्डको नियम छल्नका लागि मात्रै अपीले लाभांश वितरण गरेको हो । यस्तो हकप्रदमाथि धितोपत्र बोर्डले रोक लगानउनु जरुरी छ । निश्चित योजनार लगानीको ग्यारेन्टी तथा प्रतिफलको सुनिश्चितता भएको प्रमाण पेश गरेमा मात्रै हकप्रद निष्काशन गर्न दिनु जरुरी छ । यसबारे धितोपत्र बोर्डले नियामक निकाय नभएको समूहका कम्पनीहरूका लागि विशेष नियम बनाओस् । – सेयर बजार साप्ताहिकबाट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: