×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जानी-जानी फेल बनाएर पास बनाइदिने भन्दै पैसा मागेपछि बिनिसाले गरिन् आत्महत्या !

  • सुबोध रेग्मी / अर्थ सरोकार डटकम 
बंगलादेशको ढाकाको डेन्टल पड्दै गरेकी नेपाली विद्यार्थीले आत्महत्या गरेकी छन् । बंगलादेशको ढाकाको पाईनर डेन्टल कलेजमा पड्दै गरेकी नेपाली विद्यार्थी बेनिषा शाहले मंगलबार आत्महत्या गरेकी हुन् । बंगलादेश बक्रा भन्ने स्थानको आफु बस्दै गरेको होस्टेलमा झुण्डिएर आत्महत्या गरेकि हुन् । २:१५ मा पाएको थिए जानकारी प्राप्त गर्ने बित्तिकै मैले टोलिलाइ घटनास्थलमा पठाएको थिए भन्छन घटनाको अनुसन्धान गर्दै गरेया प्रहरी अधिकारी करुम्जन । 
स्रोतका अनुसार बिनीषा पाईनर डेन्टल कलेजको २२औं ब्याज हुन् भने उनि ३ श्रो बर्षमा अध्यन गर्दै गरेकी विद्यार्थी हुन् । सिक्षक र कलेज प्रसासनको आत्याधिक तनाब सहन नसकेर आत्महत्या गरेको मृतक शाहकि साथीले त्यहाका स्थानीय पत्रकार तथा प्रहरीलाई बयान दिएका छन् । कलेज प्रसासनले २ श्रो टर्म परिक्षा दिनका लागि प्रवेश पत्रका लागि तुरुन्त २लाख को माघ गरेको थियो । बिनिशाले २ लाखको जोरजाम गरेपछि परिक्षामा बस्न पाएकी थिइन । 
बिद्यार्थीहरु माथि निकै अन्याय हुने गरको र जानी जानी असफल बनाउन र घुस माग्ने बातावरण सिर्जना गरि चर्को रकम असुल्ने साथै परिक्षाको प्रश्न निकै कठिन राखी फेल गराएको र ५०-७० हजार सम्म घुस लिगी विद्यार्थीलाइ पास गराएको समेत विद्यार्थीले बताएका छन् । आत्मा हत्या गरेको दिन पनि परिक्षा जानी जानी गाहो प्रश्न राखी उनको मनोबल गिराइ गाली गलोच पनि गरिएको उनका साथीहरु बताउछन । 
बिनिषाले परिक्षा केन्द्र आधा घण्टा पहिले छाडेकी र असफल हुने डर र अत्याधिक प्रेसरका कारण आत्महत्या गरेको उनका साथीहरु गुनासो गर्छन । यो बिषयमा पुलिसको अनुसन्धान भैरहेको र उनको मृत सरिर ढाका मेडीकल कलेजको मुर्दाघरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: