×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कञ्चनपुरमा गाउँ-गाउँ पसेर पैसा बाँडे विना मगरका कार्यकर्ताले, रोक्न खोज्दा तरुण कार्यकर्ता निर्घात कुटिए !

कञ्चनपुर- मौन अवधिका समयमा मतदातालाई किन्ने क्रम बढीरहेका बेला मंगलबार राती बाम गठवन्धनका कार्यकर्ताले गाउँ गाउँ पसेर पैसा बाँडेका छन् भने त्यसको प्रतिकार गर्दा उल्टै तरुण दलका २ जना कार्यकर्तामाथि हमला गर्दै निर्घात कुटेका छन् । मतदातालाई पैसा बाँड्न गएका बाम गठबन्धनका कार्यकर्ताले मंगलबार राती आक्रमण गर्दा क्षेत्र नम्वर १ को बेलडाँडी गाउँपालिका ५ मा तरुण दलका सचिब सहित २ जना घाइते भएका हुन् । यस क्षेत्रमा प्रचण्डकी वुहारी विना मगर उमेद्वार छिन् । 
‘पहिला हामीले राम्रोसँग सम्झाएका थियौं । मौन अवधिका समयमा आचारसंहिता उल्लंघन नगर्न आग्रह गर्दा उल्टै हाम्रा साथीहरुमाथि आक्रमण भयो ।’  नेपाली काँग्रेस जिल्ला सदस्य जनकसिह धामीले भने । उनका अनुसार मंगलबार राती साँढे १० बजे तिर गरिएको आक्रमणमा तरुण दलका बेल्डाँडी गाउँपालिका सचिब सचिन कठायत र तरुल दलका सदस्य जयराज भट्ट घाइते भएका छन् । घाइते दुबै जनाको कैलालीस्थित सेती अञ्चल अस्पतालमा उपचार भैरहेको धामीले जानकारी दिए। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: