×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकारको ‘क्यालकुलेसन’मा राष्ट्र बैंकको साथ, तलव नघटाई अनिल शाह सेञ्चुरी आउने सम्भावना सून्य !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अनिल शाहले सेञ्चुरी बैंकसँग गरेको तलव सम्झौता गैरकानुनी भएको भन्दै अर्थ सरोकारले समाचार सार्वाजनिक गरेपछि नेपाल राष्ट्र बैंकले अनिल शाहले सेञ्चुरी बैंकसँग गरेको तलव सम्झौता गैरकानुनी भएको भन्दै सेञ्चुरी बैंकका नाममा पत्र काटेको छ । यसअघि अर्थ सरोकार डटकमले अनिल शाहले गैरकानुनी सम्झौता गरेको भन्दै समाचार प्रकाशन गरेपछि नेपाल राष्ट्र बैंकले के कसो भएको हो भनी स्पष्टीकरण दिन पत्र काटेको थियो । पत्रको जवाफमा बैंकले हाल बैंकको स्थिति राम्रो भइसकेकाले अनिल शाहलाई दिन मिल्ने भन्दा बढी तलव दिएको र यसलाई ‘कन्सीडर’ गर्न भन्दै जवाफ दिएको थियो । राष्ट्र बैंकलाई पत्र पठाएसँगै बैंकले अनिल शाहको तलव प्रकरण मिलाउन राजनीतिक लविङसम्म गरेको थियो । तर बैंकको केहि सीप लागेन । अन्तत: नियामक निकाय नेपाल राष्ट्र बैंकले अनिल शाहले सेञ्चुरी बैंकसँग गरेको तलव सम्झौता गैरकानुनी भएको भन्दै असार मसान्तको वासलातकै आधारमा मात्र तलव निर्धारण हुनुपर्ने बताउँदै सेञ्चुरी बैंकका नाममा पत्र काटेको छ । 

बीचमा यस्तो पनि भयो !
यस्तो त अनिल शाह र सेञ्चुरी बैंकका उपल्लो तहका कर्मचारी र सञ्चालकले विभिन्न गोप्य बैठक बस्दै हालका लागि तलव घटाएरै अनिल शाह आउने र त्यसमा घाटा भएको रकम पछिल्लो समयमा मिलाउने भन्दै सहमति समेत गरेको थियो । यो कुरा अनिल शाहले पनि मानेका थिए । तर काठमाडौँको एक होटलमा बैठक बसी उक्त निर्णय गरेको खबर अर्थ सरोकारले ब्रेकिङ न्यूज मार्फत सार्वजनिक गरेपछि पुन: अनिल शाहले यो कुरा मिडियालाई कसरी थाहा भयो ? यसरी बाहिर थाहा नै हुने गरी तलव घटाएर त म आउँदिन भनेपछि अनिल शाह तलव घटाएर आउने सहमतिपनि भंग भएको थियो । स्रोतका अनुसार अनिल शाह तलव घटाएर आउन तयार भएको र उक्त सहमति एक होटलमा भएको समाचार अर्थ सरोकारले सार्वजनिक गरेपछि शाह र सेञ्चुरीका सञ्चालकबीचको सम्बन्धमा पनि केहि चिसोपना आएको थियो । अनिल शाहले सम्झौता गरेको तलवको विषयलाई लिएर नेपाल राष्ट्र बैंकमा पनि ठुलै हल्लीचल्ली भएको थियो । नेपाल राष्ट्र बैंकले अनिल शाहको तलवको सम्झौता गैरकानुनी भएको बताएपछी शाह  सम्झौता गरेकै तलवमा सेन्चुरी बैंकको सीइओ हुने कानुनी आधार सकिएको  थियो ।  यो बीचमा उनले अव नैतिकता गिराएर अरु बैंक रोज्छन् कि तलव घटाएर सेन्चुरी आउँछन्  त भन्ने चर्चा पनि चलेको थियो । 
अव के गर्लान् अनिल शाह ?
तलव नघटाई आउन नमिल्ने, र घटाएर आउँदा आफ्नो बेइज्जत हुने भएपछि अनिल शाहले अव के गर्लान् भन्ने कुरा सर्वत्र चासोको विषय बनेको छ । पुष १७ गतेदेखि सेञ्चुरी बैंक आउने गरी अनिल शाहले सेञ्चुरीसँग सम्झौता गरिसकेका छन् । तर पुष १० गते यो समाचार तयार गर्दासम्म उनी भारतमा छन् । सेञ्चुरीका सञ्चालक र उपल्लो तहका कर्मचारीसँग पनि उनको नियमित पहिलाजसरी कुराकानी नहुनु र नबिलमा सीइओ बन्नका लागि उनले राम्रै लविङ गरिरहेका छन् भन्ने चर्चा बाहिर आएसँगै उनले सेञ्चुरीको साथ छोड्न लागेको अनुमान गर्न सकिन्छ । सेञ्चुरीका अधिकांस राम्रा कर्मचारीको इक्षा पनि अनिल शाह सेञ्चुरी नआउन् नै भन्ने छ । यता नेपाल राष्ट्र बैंकका उपल्लो तहका कर्मचारी तथा प्रभाव पार्ने खालका व्यक्तिहरु पनि अनिल शाहको लागि नै नियम परिवर्तन गर्न नहुने अडानका साथ बसेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: